Saturday, January 10, 2015

एमाले भयो सिउरे भाले

emale bhale
यो भनि राख्दा कुनै अनर्थ नलागोस यो नेपाली जनतामा चलेको हल्ला थियो कुनै बेला एमालेलाई 'एमाले न पोथी न भाले' भनेर जिस्काउने गर्ने गरिन्थ्यो त्यो पनि बढी बाम पन्थी दलका कार्यकर्ता र नेताहरुलेनै तर ऐले समय बदलिएको छ र ऐले एमाले सिउरे भाले भएको छ । संबिधान सभाको दोश्रो निर्वाचन पश्चात एमाले दोश्रो ठुलो दल बनेको छ र ऐले उसकै डाक मा देश चलिरहेको छ यध्यपि उसको नेतृत्व मा सरकार नभएपनि देशमा संबिधान दिने जिम्मेवारी भने ऐले एमाले अध्यक्ष के. पी. ओली ले लिएको जस्तो देखिन्छ किनकि हरेक बिषय मा उनि नै आगाडी देखिन्छन तर नेताहरुले जति सहमति भनेपनि सहमतिको लक्षण भने देखिएको छैन ।

दोश्रो निर्बाचन अगाडी माओबादी र मदेशबादी दलले काँग्रेस र एमालेको टुप्पी रिङ्गाउने गर्दथे तर अहिले भने समय फेरिएको छ । ऐले एमाले अध्यक्ष के.पि ओलीले माओबादी र मदेशबादी दललाई रिङ्गाउन खोज्दै छन । माओबादी जो जातीय पहिचान मा देशलाई संघियतामा लैजान खोज्दै छ तर एमाले र काँग्रेस यो पक्षमा कदापी आउने छैनन् किनकि दोश्रो चुनाब को माओबादीको नराम्रो हारको कारण नै जातीय आधारमा संघियता ल्याउन खोज्नु थियो ।

ऐले माओबादी प्रति नेपाली जनता नराम्रो बितृष्णा फैलिएको छ र जनताको भरोसा टुट्दै गएको छ यसको प्रमुख कारण माओबादी अधक्ष पुष्पकमल दाहाल प्रचण्डको बोलीको ठेगान नहुनु उनि जहाँ जान्छन जातीय राज्य बाँडिदिने आस्वासन दिन्छन । तामांगलाई ताम्सालिंग, नेवारलाई नेवा: किरातलाइ किरात राज्य दिन्छु भन्दै हिडछन् । तर उनीले यो सोचेनन कि १३० भन्दा बडी जति भएको देशमा कतिओटा जातीय राज्य बनाउने ? यसो भन्दै हिडेको देख्दा उनीमा कुनै दुरदर्शी  भने नभएको देखिन्छ । ऐले माओबादी फुटेर ४/५ ओटा भैसक्यो यसको प्रमुख कारण पनि माओबादीको नेतृत्व गर्ने सैली को राम्रो बिकाश नहुनु जस्तो देखिन्छ ।

यो समयमा एमाले भने राम्रो मुद्दाको अडान लिएर बसेको देखिन्छ त्यो हो जातीय आधारमा संबिधान बनाउन नहुनु भौगोलिक आधारमा हुनु पर्ने । यसमा दुइ ठुला दल काँग्रेस र एमाले को साझा धारणा छ र यो नै नेपाल र नेपाली को चाहना पनि हो जुन दुरदर्शी छ ।

No comments:

Post a Comment

आपका प्रतिक्रिया इस आर्टिकल के ऊपर

Ads Inside Post