Wednesday, January 21, 2015

फेरी एक पटक काँग्रेस र एमाले ए. ने. क. पा. माओबादीद्वारा लतारियो

फेरी एक पटक काँग्रेस र एमाले ए. ने. क. पा. माओबादीद्वारा लतारिएको छ । स्पस्टरुपमा २ तिहाई जनता को साथ पाएर पनि काँग्रेस र एमाले ले देश र जनतालाई माघ ८ मा जनतालाई संबिधान दिन नसक्ने  भएका छन् ।
पटक पटक माघ ८ मा संबिधान जारी गर्ने प्रतिबद्दता गरेका दलहरु अहिले भने माघ ८ मा संबिधान नआउने तर १ महिना भित्र संबिधान जसरि पनि जारी गर्ने भन्न काँग्रेस र एमाले ले थालेको छ । सहमति को रटान नछाडेको माओबादी प्रक्रियामा जान नदिने खेलमा छ भने काँग्रेस र एमाले भने प्रक्रियामा गएर भए पनि संबिधान जारी गर्छौं भन्दै छन् तर गर्न भने सकेका छैनन् ।

विश्व राजनीतिमा यो नै एउटा यस्तो घटना भएको छ जहाँ अल्पमतले बहुमत माथि हावी भएको जस्तो देखिन्छ ।

पटक पटक माओबादी द्वारा लतरिएको काँग्रेस र एमालेको  अहिले पनि उस्तै हबिगत भएको जस्तो देखिन्छ । जनताले बहिस्कार गरिसकेको जातीय संघीयतालाई माओबादीले रटेको देख्दा माओबादीको हबिगत पनि प्रजा परिषद जस्तै बिलिन नहोला भन्न सकिन्न । 

No comments:

Post a Comment

आपका प्रतिक्रिया इस आर्टिकल के ऊपर

Ads Inside Post