Monday, July 18, 2016

जानौं के - के गरे केपी ओली ले यो नौं महिनामा

------------ के.पी सरकारलाई गालि गर्नु अगाडी देश नेपाल र राष्ट्रियतालाई सम्झनुहोला। र यो एकपटक पक्कै पढ्नुहोला राम्रो लागे सेयर गरिदिनु होला नभय डिस्लैक गर्नुहोस तर सभ्य नागरिक भएर गाली तथानाम गाली नगर्नुहोला ! --------------

KP Oli
प्र.म के पि ओली 

भारतसंग नझुकी सामना गर्न सिकाएका ओलीले तराई - मधेसलाई भनि करोडौको बिशेष बजेट छुट्याएर बर्षौं देखि थिचोमिचोमा परेका तराई मधेसका गरिब किसान आदिवासी र दलितहरुलाई न्याय गरेका छन् । उनि कसरि मधेश विरोधी हुनसक्छन, उनि त अझ भन्ने हो भने तराई मधेशकै प्रतिनिधि हुन् ।

भारतको नकाबंधिलाई सहेर बसे तर नझुकी भावी प्रधानमन्त्रीहरुलाई पनि कम्तिमा रास्ट्रीयताको राम्रो पाठ सिकाएर गएका छन् । हो उनले चमत्कार त पक्कै गरेका छैनन् तर पदमा हुँदा कोशी त बेचेनन कर्णाली त बेचेनन, कम्तिमा माटो त बेचेनन

पुरानो कुरा कोट्याउनुस हो उनको हजारौं अबगुण भेटाइन्छ होला, तर भन्नुस को छ नेपाल मा तेस्तो नेतृत्व जसको प्रसंसा मात्र गर्न सकियोस ? प्रचण्डको मात्र तपाई प्रसंसा गर्नुहुन्छ भने पनि तपाई गलत हुनुहुन्छ, सेरबहादुर को मात्र गर्नुहुन्छ भने पनि तपाई गलत हुनुहुन्छ अनि उपेन्द्र यादव को मात्र प्रसंसा गर्नुहुन्छ भने पनि गलत नै हुनुहुन्छ । अनि.....अनि केपी ओली को हुन् र उनको सबैकुरा प्रशंसा योग्य हुन्छ......... यहाँ भगवान शिव को रामको विष्णुको, तथा बुद्धको त अबगुणहरु छन् ।

न त तपाइले विपीलाई सबै कुरामा ठिक भन्न सक्नुहुन्छ न त मनमोहन न नै मदन भण्डारी ।

तपाईलाइ अहिले मैले... केपिलाई चमत्कार गर्यो भनेर भन्नुस पनि भन्न लागेको छैन । यो नौं महिनामा गरेको कुराहरु लाइ मात्र याद गर्नुस र एक छिन स्वतन्त्र भै कुनै एमाले, माओबादि, काँग्रेस, तमलोपा, सद्भावना को कार्यकर्ता नभई एक नेपाली भएर सोच्न आग्रह गर्दैछु ।

जबजब हाम्रो नेपालमा प्रधानमन्त्रिको चयन हुन्छ तब २ हप्ता बित्न नपाउदै हाम्रा प्रधानमन्त्रीहरु इंडिया पुगेकै हुन्छन, किन पुग्छन यो उनैले जानुन, तेस्तै ओली पनि गए तर सोचेको जस्तो उनले कुनै पनि देश हित विपरित को सम्छौता गरेनन । नत्रत तपाइनै हेर्नुस कति चोटी नेपालमा प्रधानमन्त्रीहरुको चयन भयो होला र कतिपटक हाम्रा खोला नाला जंगल र पहाडहरु बेचिए होलान । तपाइनै भन्नुस कति हाम्रा तराइका फाँटहरुमा सिचाइको लागि हाम्रै पानि हामीले लाउन पाउदैनौं किनकि त्यो त विहारमा सिचाई हुन् जान्छ

अब भन्नुस तराई मधेस देखि काठमाडौँ सम्म जोड्ने भनिएको फास्ट ट्रयाकलाइ भारतलाई दिने भनेर पहिले को सरकारले निर्णय गरेको थियो तर ओली सरकारले नेपालले नै निर्माण गर्ने भनेर भन्यो, जुन तपाई सिधा हिसाबले सोच्दा पनि देशहितमा छ । यदि यो प्रोजेक्ट इंडिया ले गर्ने भएको भए पुरै जनशक्ति उसले आफ्नो लेराउथ्यो अनि के हाम्रो नगरिकरु चाई मात्र हुन्थे दर्शक तर अब यदि यो हाम्रै देशले बनाउने भनेपछि कम्तिमा ५ / १०  हजार तराइ पहाडका जनशक्तिहरुले त काम पाए । अनि अर्को कुरा यदि यो इंडियाले बनाएमा उसले सुरक्षा को लागि भनेर आफ्नो सैनिक पठाउँछ जुन एकदम देशहित बिपरितको कुरा हो ।

तेस्तै ओली सरकारले चीन दिर्घकालिन व्यापार सम्झौता गरेको छ जुन इन्डियाको लागि ठुलो सरदर्द बनेको देखिन्छ । के नेपाल विश्व ब्यापारीकरण को एक हिस्सा होइन र उसले सधै सबै कुरा इंडिया संग नै किन्न पर्छ ?  अहिले सम्म नेपालको ८० प्रतिशत भन्दा बढी ब्यापार इंडिया संग मात्र भैरहेको छ । उनको यो सम्झौताले अब हामीले आउदो दिनमा इंडिया संगै चर्को मूल्य मा सामान किन्न पर्छ भन्ने जरुरत पर्दैन ।

अर्को इंडिया को लागि सरदर्द भनेको चीनको केरुङ्ग देखि पोखरा हुदै लुम्बिनी सम्म पुग्ने भनिएको रेलमार्ग हो जुन कार्य ओली सरकारकै पालामा सम्झौता भएको छ । यदि रेल हिमाल देखि पहाड हुदै तराई सम्म पुगेमा हाम्रो देशको विकाशमा कति सम्म फरक आउन सक्छ तपाइनै सोच्नुहोस ।

तपाइहरु धेरैलाइ थाहा नहोला तर अहिले देशमै पेट्रोल खानि खोज्ने कामको सुरुवात भैसकेको छ । त्यस्तै तराइको १० / १५ ओटा सहरहरूलाई व्यवस्थित सहर बनाउनको लागि बजेट छुत्याइएको छ ।

अन्तिममा : कुन चाही प्रधान मन्त्रीको पालामा प्लेन चार्टर गरेर नागरिक लिन विदेशी भुमि गयो ? हो यो एउटा सरकारको कर्तव्य पनि हो तर कुन नेपाली सरकारले कर्तव्यको पालना गरेका छन् । तेत्रो १२ जान्न नेपाली को घाँटी सेरी हत्या भयो इराकमा तर देउवा को पालामै हो उनीहरुको लाश लेराउन ११ दिन लगाइयो तर ओली सरकारले कर्तव्यको पालना गरि २ दिनमै काबुलमा भएको हमलामा मृत्यु भएका हाम्रा नेपाली दाजुभाई को लाश लेरायो ।

हामी अबिकषित देशका नागरिक हौँ त्यसैले हाम्रो सोच पनि अबिकषित छ कि जस्तै लाग्छ मलाइ किनकि हामीले कहिलै पनि दिर्घकालिन उपलब्धिलाई नबुझी र नसम्झी काम लिग्ने गर्यौं। २००७ सालमा पनि हाम्रो स्वभाव तेसरिनै चल्यो १७ मा पनि त्यसरीनै चल्यो ४७ मा पनि र ६२/६३ मा पनि त्यसरीनै चल्यो । तर अब भने सम्झेर र बुझेर मात्र पाइला चलाऔं ।

यदि कोही नेताले देशलाइ विकाश गर्छु भन्दा हाँसोको पात्रो बनाउनु पहिला यो सोच्न जरुरी छ की त्यों कुरा संभव को कुरा हो की होईन किनकी तपाई नै हो जसले उडी छुनु चन्द्र एक भन्ने कबीलाई महकबिको दर्जा दिएर उनकै कथा कविता हरेक कक्षामा पढ्नु भएको छ । वास्तवमा ओलीले भटराई र वीपी ले जस्तो सिंगापुर र स्विट्ज़रलैंड त बनाउछु भनेका छैन । उनले त केबल देशको आफ्नै पानी जहाज भने जून राणाकालमा भएकै कुरा हो । अनि ग्यास पाइप भने जून अहिले कठीन कुरा हो तर वास्तवमा एक दिन देशमा हुनुनै पर्छ हैन र ?  यदि कोही नेताले विकाशको सपना नै देख्दैन भने त्यसले कसरी विकाश गर्छ तपाई नै भन्नुस । कम्तिमा सुरवात त हुनुपर्छ, जून कुरा ओलीले देखाएको त पक्कै हो नि । 

हो आलोचना गर्नुपर्छ तर त्यो संगै आलोचना गर्दा भने दुइटा बीच तुलना पनि गर्नुहोस । मैले पूर्व धेरै सरकार संग ओली सरकारको तुलना गरेर यो निष्कर्षमा पुगेको छु कि ओली सरकार ले केहि चमत्कार त गरेनन तर आउदो भावी सरकारलाई जनताको लागि काम कसरि गर्ने भनेर पक्कै पनि सिकाएका छन्

No comments:

Post a Comment

आपका प्रतिक्रिया इस आर्टिकल के ऊपर

Ads Inside Post