Friday, April 3, 2015

मेरो नेपाललाई एउटा कुशल साशक को अवश्यकता छ जसले नेपाल र नेपालीलाई बुझ्छ

मेरो देश नेपालले संघियताको भारी बोक्न सक्दैन भन्ने कुरा घाम जस्तै प्रस्ट भैसक्यो त्यसैले हे ६०१ बौलाह हो मेरो देशलाई नडुबाओ । यति सानो देश यो जो चीन भन्दा ६५ र भारत भन्दा २२ गुणा सानो छ जहाँ हरेक नेपालीको अनुहारलाई हरेक नेपालीले एक पटक मात्र देखेपनि चिन्न सक्छ  ।

आज र भोलि मात्र नहेर पर्सि पनि हेर पर्सिलाई मात्र पनि हैन निपर्सि संगै कानेपर्सि र आउदो हरेक दिनलाई हेर र बुझ के हाम्रो देशलाई साच्चै नै संघियता चाहियको छ त ? नहेर आफ्नो छोरा छोरीलाई मात्र नहेर ति सडक बालबालिकालाई पनि हेर, ति तराईका बाढि पिडितलाई पनि हेर, ति हुम्लाका जाडो पिडितलाई पनि हेर, ति भोकानागा लाई पनि हेर ति हरेकमा आफुलाई देख, आफ्ना सन्तानलाई देख र आफ्नो बाबुआमालाई खोज अनिमात्र तिमीले देशलाई बुझ्नेछौ  |

म त भन्छु यो यति सानो देश हो कि हिमालबाट कराए पहाडमा ठोक्किदै तराई सम्म सुनिन्छ र तराई बाट बोलाए हिमालले सहजै सुन्छ । यहाँ कुनै दल हरुको नाम मा ब्वाँसोको झुण्ड हैन जसले हरेक पल पेट फोरेर हरिण हरुलाई सिध्याउँछ यहाँ त एउटा यस्तो कुसल साशक भए हुन्छ जसले तराईको दुख सम्झोस, पहाडको व्यथा बुझोस् र हिमाल को कस्ट चिनोस र नेपालको लागि काम गरोस ।  त्यसकारण मेरो देशलाई माया गर र एक पटक फेरी सोच सम्झ र बुझ साच्चिकै मेरो देश नेपाललाई संघियता कत्तिको आवश्यक छ या छैन

मेरो देशमा एउटा कुशल शासक भए पुग्छ जो ली क्वान यू जस्तो होस् जसले हिजोको मात्र टापू सिंगापुरलाई आजको एक विश्वको नमुना सिंगापुर बनाए  जो नेपोलियन जस्तो होस् देश र जनतालाई सधैं प्राण भन्दा प्यारो ठानोस जसमा चे गुएभारा को जस्तो साहस होस् , जो बहादुर शाह जस्तो , जो भक्ति थापा, बलभद्र कुँवर, भीमसेन थापा, अम्मरसिंह थापा जस्तो वीर पुत्र होस् वीर होस् जसले देशको अखण्डतालाई सधै बचाईराख्न ज्यानको कुर्वान गरोस र मेरो देश नेपाल र नेपाली लाई सधैं माया गरोस ।

त्यसैले मेरो देशमा दलहरु हैन नेताहरु हैन राजाहरु पनि हैन एउटा कुशल साशक चाहिएको छ जसले नेपाल र नेपाली देखोस र नेपाली मनहरुलाई  देखेर राष्ट्रिय एकतालाई बलियो बनाओस 

No comments:

Post a Comment

आपका प्रतिक्रिया इस आर्टिकल के ऊपर

Ads Inside Post