Wednesday, January 21, 2015

फेरी एक पटक काँग्रेस र एमाले ए. ने. क. पा. माओबादीद्वारा लतारियो

फेरी एक पटक काँग्रेस र एमाले ए. ने. क. पा. माओबादीद्वारा लतारिएको छ । स्पस्टरुपमा २ तिहाई जनता को साथ पाएर पनि काँग्रेस र एमाले ले देश र जनतालाई माघ ८ मा जनतालाई संबिधान दिन नसक्ने  भएका छन् ।
पटक पटक माघ ८ मा संबिधान जारी गर्ने प्रतिबद्दता गरेका दलहरु अहिले भने माघ ८ मा संबिधान नआउने तर १ महिना भित्र संबिधान जसरि पनि जारी गर्ने भन्न काँग्रेस र एमाले ले थालेको छ । सहमति को रटान नछाडेको माओबादी प्रक्रियामा जान नदिने खेलमा छ भने काँग्रेस र एमाले भने प्रक्रियामा गएर भए पनि संबिधान जारी गर्छौं भन्दै छन् तर गर्न भने सकेका छैनन् ।

विश्व राजनीतिमा यो नै एउटा यस्तो घटना भएको छ जहाँ अल्पमतले बहुमत माथि हावी भएको जस्तो देखिन्छ ।

पटक पटक माओबादी द्वारा लतरिएको काँग्रेस र एमालेको  अहिले पनि उस्तै हबिगत भएको जस्तो देखिन्छ । जनताले बहिस्कार गरिसकेको जातीय संघीयतालाई माओबादीले रटेको देख्दा माओबादीको हबिगत पनि प्रजा परिषद जस्तै बिलिन नहोला भन्न सकिन्न । 

Sunday, January 11, 2015

जहाँ छन् बुद्धका आँखा स्निख शान्त र सुन्दर

budhha ka aankha
जहाँ छन् बुद्धका आँखा स्निख शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर

प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता
झाल्किन्छ ममता मेरो भाव गंगा जतातत
जहाँ छन् बुद्धका आँखा

माया नेपालको लाग्छ नेपाली इतिहासको ... । २
माया प्रकृति को लाग्छ कला भाषा र भेषको

पुर्खाको  मन्त्र यो जप्छु चौतारीमा बसी
जननी जन्म भुमिस्च स्वर्गदपि गरिएसी
जहाँ छन् बुद्धका आँखा

छ ठुलो चाहना मेरो आमालाई हँसाउने । २
सर्बोच्च सिखरबाट बिश्व शान्ति सुनाउने
यहि प्यारो मित्रिखा माथि पौरखी बनिकन गर्छु यो चाहना पूर्ण गरिदेर समर्पण ।

जहाँ छन् बुद्धका आँखा स्निख शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर

प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता
झाल्किन्छ ममता मेरो भाव गंगा जतातत
जहाँ छन् बुद्धका आँखा

Saturday, January 10, 2015

एमाले भयो सिउरे भाले

emale bhale
यो भनि राख्दा कुनै अनर्थ नलागोस यो नेपाली जनतामा चलेको हल्ला थियो कुनै बेला एमालेलाई 'एमाले न पोथी न भाले' भनेर जिस्काउने गर्ने गरिन्थ्यो त्यो पनि बढी बाम पन्थी दलका कार्यकर्ता र नेताहरुलेनै तर ऐले समय बदलिएको छ र ऐले एमाले सिउरे भाले भएको छ । संबिधान सभाको दोश्रो निर्वाचन पश्चात एमाले दोश्रो ठुलो दल बनेको छ र ऐले उसकै डाक मा देश चलिरहेको छ यध्यपि उसको नेतृत्व मा सरकार नभएपनि देशमा संबिधान दिने जिम्मेवारी भने ऐले एमाले अध्यक्ष के. पी. ओली ले लिएको जस्तो देखिन्छ किनकि हरेक बिषय मा उनि नै आगाडी देखिन्छन तर नेताहरुले जति सहमति भनेपनि सहमतिको लक्षण भने देखिएको छैन ।

दोश्रो निर्बाचन अगाडी माओबादी र मदेशबादी दलले काँग्रेस र एमालेको टुप्पी रिङ्गाउने गर्दथे तर अहिले भने समय फेरिएको छ । ऐले एमाले अध्यक्ष के.पि ओलीले माओबादी र मदेशबादी दललाई रिङ्गाउन खोज्दै छन । माओबादी जो जातीय पहिचान मा देशलाई संघियतामा लैजान खोज्दै छ तर एमाले र काँग्रेस यो पक्षमा कदापी आउने छैनन् किनकि दोश्रो चुनाब को माओबादीको नराम्रो हारको कारण नै जातीय आधारमा संघियता ल्याउन खोज्नु थियो ।

ऐले माओबादी प्रति नेपाली जनता नराम्रो बितृष्णा फैलिएको छ र जनताको भरोसा टुट्दै गएको छ यसको प्रमुख कारण माओबादी अधक्ष पुष्पकमल दाहाल प्रचण्डको बोलीको ठेगान नहुनु उनि जहाँ जान्छन जातीय राज्य बाँडिदिने आस्वासन दिन्छन । तामांगलाई ताम्सालिंग, नेवारलाई नेवा: किरातलाइ किरात राज्य दिन्छु भन्दै हिडछन् । तर उनीले यो सोचेनन कि १३० भन्दा बडी जति भएको देशमा कतिओटा जातीय राज्य बनाउने ? यसो भन्दै हिडेको देख्दा उनीमा कुनै दुरदर्शी  भने नभएको देखिन्छ । ऐले माओबादी फुटेर ४/५ ओटा भैसक्यो यसको प्रमुख कारण पनि माओबादीको नेतृत्व गर्ने सैली को राम्रो बिकाश नहुनु जस्तो देखिन्छ ।

यो समयमा एमाले भने राम्रो मुद्दाको अडान लिएर बसेको देखिन्छ त्यो हो जातीय आधारमा संबिधान बनाउन नहुनु भौगोलिक आधारमा हुनु पर्ने । यसमा दुइ ठुला दल काँग्रेस र एमाले को साझा धारणा छ र यो नै नेपाल र नेपाली को चाहना पनि हो जुन दुरदर्शी छ ।

Wednesday, January 7, 2015

हाम्रा प्रमुख news portal sites जो निकै चलेका छन् तर ...

हाम्रा प्रमुख धेरै  news portal sites जो निकै चलेका छन् । तिनीहरु चल्नुको खास कारण र तिनीहरु हरुको अहिलेको समाचार लेख्ने तरिकाहरु जो साधारण जनतालाई मन पर्दैन किनकि त्यो समाचार कुनै तथ्यमा आधारित देखिदैन । ति मध्य म एक दुइ साईटहरु हुन अनलाईन खबर र रातोपाटी । यी न्युज साइट कि त प्राय पोर्न कुराहरुको समाचार लेखिरहेका हुन्छन कि त कि एउटा दलको नेताको खिल्ली उडाइरहेका हुन्छन ।
यहाँ मैले सबुत सहित देखाएको छु । यो लिंक मा जानुस तपाई ले आफै थाहा पाउनुहुन्छ ।


मलाई थाहा छ साथीहरु तपाईहरु धेरैले यी sites निकै हेर्नु हुन्छ तर यी sites हरु ले राम्रो समाचार र हामीलाई दैनिक update पनि गर्छन तर यस्तो चलेको site ले साना तिना र अस्लिल तथा कुनै एक राजनीतिक दल को व्यक्तिलाई मात्र आछेप लगाउने कुरा लेख्नु के जायज हुन्छ ? र तपाई ले देख्नु भएको होला onlinekhabar को हरेक page मा कमेन्ट बक्स छ, त्यो हुनु नरम्रो त होइन तर त्यो कमेन्ट बक्स मा राम्रो कुरा भन्दा नराम्रो बढी लेखिन्छ कि त अस्लिल हुन्छ कि एउटा नेतालाई गालि गरिएको । तपाइलाई कस्तो लाग्छ तर म त भन्छु हामीले नेतालाई गालिगरेर भन्दा खबरदारी गरेर सहि track मा लेराउन सक्छौ र त्यसो गर्नुपनि जरुरि छ ।

देश को लागि सोच्नुस देशको लागि कम गर्नुस र देशलाई बनाउनुस केवल आफ्नो दायित्व निर्वाह गरेर ।

Sunday, January 4, 2015

मलाई माओबादीको जातको नाममा राजनीति खल्लो लाग्यो

मैले माओबादी लाई भोट दिए तर ऐले आफु प्रति घिन लाग्यो किनकि आफुले जनतालाई आस्वासन बाड्दै हिनेको सबै कुरा बिर्सेर माओबादी जातको   नाममा राजनीति गरिरहेको छ । हिन्दु धर्म को नाम मा राजनीति गर्न खोज्दैछ रा प्र पा नेपाल ले भन्ने माओबादी जातीय कुरा उठाएर देश को सार्बभौमता लाई नै मेट्न खोजेको जस्तो अनुभूति हुन् थाल्यो मलाई  । त्यसैले मलाई माओबादीको जात माथि को राजनीति मन परेन ।

सडक  को आवाज मात्र आवाज देशको आवाज हरेक मन को आवाज र २०७० को भोट को आवाज के हो ? म फेरी भन्छु मैले नुवाकोट बाट भोट हालेको हो र हाम्रा स्वोर्गीय नेता पोस्ट बहादुर बोगटीज्युलाई भोट दिएको हो तर आज लाग्दैछ मैले किन माओबादी लाई भोट दिएछु !!!

र म ति हरेक सडक मा आउने हाम्रा दाजुभाइलाई के भन्न चाहन्छु भने तपाइले आफुले आफ्नो अधिकार खोज्नु राम्रो कुरा हो तर अरुको अधिकारलाई  बेवास्ता गर्नु यो कहाको न्याय हुन्छ ?

र अन्तिममा तपाई हरुलाई आग्रह गर्छु मैले यो राजनीति नबुझेको हो कि !!! कृपया कमेन्ट बोक्समा धारणा राखिदिनुहोला ।

- नेपाली केटो

Ads Inside Post