Tuesday, September 15, 2015

सीधा ९२% को छातीमा तीर

फेरी ९२ % जनताको भावनामा तीर प्रहार भएको छ फेरी जनताले हारेको छ । संसारमा कयौं मुस्लिम राष्ट्र, कयौं ईसाई राष्ट्र र धेरै बुद्धिस्ट राष्ट्र छन जहाँकी त्यहा ७०% पनी जनता को बहुमत छैन । तर जहाँको ९२% जनताको  आस्था एउटा धर्ममा रहेको छ त्यो देश हो नेपाल । जहाँ ८२% जनता हिन्दू धर्म मान्छन भने १०% ॐ कार परिवारमा छन । तर पनी जनतालाई कुनै कुरा नसोधी यहाँ जनभावना बिपरीत धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो । ९०% भन्दा बढीको समर्थन हिन्दू राष्ट्रमा भएपनि त्यसलाई गलत्याएर धर्म निरपेक्ष बनाइएको छ । अब दलहरुको यो कदमलाई के भन्ने ?

तीन ठुला राजनैतिक दलहरुले नेपालको संबिधान २०७२ असोज ३ गते आउछ भनेर घोषणा गरिसकेका छन तर मदेशबादी भन्ने दलहरु भने संबिधान सभा छाडेर आंदोलनमा उत्रिएका छन, यदी संबिधान जारी नै भयो भएपनि लागू हुन्छ त  भन्नेमा शंका प्रसस्तै भेटिन्छन् ।

सबैदल एक रा प्र पा नेपाल बाहेक अरु कोही हिन्दू राष्ट्र सापेक्षमा बोलेका छैनन । २०६४ पहिले पनि नेपाल हिन्दू राष्ट्रनै थियो तर त्यस बेल कोही मुस्लिमले अन्याय बेहोर्नु परेको थिएन, कुनै क्रिस्टियनको चर्च फोरिएको थिएन तर सितम्बर १५ तारीख २०१५ मा नेपालमा चर्च मा आगो लगाइयो यो किन ? के एउटाको अधिकारलाई सुरक्षित गर्ने नाममा अर्कोको आस्थामा खेलबाड गर्न पाइन्छ भन्ने सोच्नु कहा सम्मको अतिबाद हो यो ?

हिन्दू धर्म नै हो जसले अहिलेको बिखंडित नेपालका जनतालाई एक ठाउँमा लेराउन सक्छ । अहिले नेपालमा जातीय र क्षत्रिय मुद्दा उचालेर राजनीति गरिरहेका धेरै दलहरु छन  जो बिदेशी NGO र INGO  को भरमा चलिरहेका छन । उनीहरुलाई थाहा  नेपालीहरु सोझा हुन्छन् त्यसैले उनीहरु जातको र क्षेत्रको नाममा अस्थिर बनाई आफ्नो स्वार्थ पूर्ति गर्न चाहन्छन् । त्यसैले हामी नेपालीहरु जातमा हैन एकताको प्रतिक हाम्रो  धर्म हिन्दू धर्ममा विस्वास गर्नुहोस, तर यो पनि बुझौ की अरुको धर्म र आस्थालाइ पनि सम्मान गर्नुनै एउटा सच्चा  हिन्दुको  धर्म हो । नेपालीहरु सधैनै अरुलाई सह्योग र  सद्भाव गर्छन त्यसैले हामीले यो बुझौकी यो देश बुद्ध जन्मिएको देश, शान्तिको देश यसलाई हामी सबै मिलेर सुंदर बनाउनु पर्छ ।

अन्तमा: हामी चाहे मधेशी होस या पहाड़ी या हिमाली, वास्तवमा सबै नेपाली हौं । होला केहि व्यक्ति जसले गर्दा मदेशी जनताले आफ्नो अधिकार पाएनन् तर त्यसको जिम्मेवार एउटा खोचमा बस्ने पहाड़े बाहुनलाई कसरी हुनसक्छ ? हो मदेश / तराईमा धेरै संभावना छ बिकासको तर पनी भएको छैन जसको प्रमुख जिम्मेवारी भने त्यहिको नेता कार्यकर्ताले लिनसक्नु पर्छ  र हामी जनताले पनी आफ्ना प्रतिनिधिलाई भन्न सक्नुपर्छ । सत्तामा बसुंजेल जनताको आवस्यकता नबुझ्ने तर सत्तामा नहुदा राजनीति सफल बनाउन जनताको नाममा आंदोलन चर्काउन आउनेलाई हामीले खबरदारी गर्न सक्नुपर्छ । 

No comments:

Post a Comment

आपका प्रतिक्रिया इस आर्टिकल के ऊपर

Ads Inside Post