Saturday, March 28, 2015

पृथ्वीनारायण शाह राष्ट्रको इतिहास हुन र इतिहास देशको चिनारी हो ।

hami sabai ek haun
हामी सबै एक हौँ ।
पौष २७ आधुनिक नेपाल उदयको सुरुवात  
पौष २७ नजिकिदै गर्दा गणतन्त्र पहिले को समय र गणतन्त्र पश्चात को नेपालको याद आउंछ । गणतन्त्र अगाडी पौष २७ लाई बडा महाराजधिराज पृथ्वीनारायण शाह को जन्मदिन भनि राष्ट्रिय बिदा दिइन्थ्यो तर जब गणतन्त्रले देशलाई गाज्न थाल्यो र राजाले आफ्नो गद्दी देश बाशिलाई हस्तान्तरण गरे तत्पस्चात शाह बंशको सबैथोक नेताहरु र तिनका कार्यकर्तालाई अप्रिय लाग्न थाल्यो । अनि देशको विकास गर्न त परै जाओस दलहरु शाह बंशको अस्तित्व बिनास गर्न हिडें जस्तो देखियो शाह बंशको नाम जोडिएको हरेक चिजको नाम फेरियो शाही अथवा royal आउने हरेक बस्तुको नाम परिवर्तन गरियो । त्यसपश्चात पृथ्वीनारायण शाहको स्वोरुप को पनि विभिन्न किसिमले ब्याख्या गर्न थालियो । 

साना तिन भुरे टाकुरे राज्यलाई एकीकरण गरि एउटा सिंगो नेपाल बनाउने पृथ्वीनारायण शाह कुनै समय देश को राष्ट्र निर्माता र राष्ट्र पिताको नामले इतिहासमा नेपालको उच्च व्यक्तित्व मानिन्थ्यो तर यो भन्दै मा ऐले नमान्ने भन्ने होइन । वास्तवमा चर्को जातीय र  क्ष्यत्रियवादले उनीप्रतिको यो गौरवलाई कुल्चन खोजिएको छ ।

हो कुनै हत्या राम्रो हुन सक्दैन तर त्यो त्यतिबेला सम्म सत्य हुन्छ जब कुनै पनि त्यस्तो परिस्थिति आइपर्दैन कि आफुलाई बचाउनु पर्ने होस् । म भन्दिन कि पृथ्वीनारायण शाहले मान्छे मारेर राम्रो गरे तर त्यो परिस्थिति र त्यो समयको ब्याख्या गर्नु पनि त्यतिकै आवस्यक हुन्छ जब हामी पृथ्वीनारायण शाह माथि औला उठौन्छौँ ।
इतिहास कहिलै पनि मेट्न सकिदैन र मेटिन खोजिनु पनि हुन्न  । इतिहास मेट्न खोज्नु नै राष्ट्र मेट्न खोज्नु हो इतिहास एउटा देशको चिनारि हो जसले त्यो देशको प्रतिनिधित्व गर्दछ । 

तपाई नै हेर्नुस विस्मार्क जो एक जर्मन शासक थिए उनीनै जर्मन एकीकरणको अभियन्ता हुन् तर उनलाई जर्मनमा सबैले सम्मान गर्छन किनकि उनि जर्मन इतिहासको एक मुख्य पात्र हुन् । यहाँ धेरै ऐतिहासिक पात्रहरु छन् जसले त्यो रास्ट्रको निर्माण गरेका थिए र  अहिले पनि पुजनीय छन् । तिनीहरु मध्य पृथ्वीनारायण शाह पनि एक हुन् जसले नेपाल राज्यको निर्माण गरे र हामीलाई नेपाली बनाए र म नेपाली हु भन्न सिकाए सबै जात र धर्मलाई एउटा फुलबारी संग दाँजे । पृथ्वीनारायण शाह कहिलै पनि जात मा भेदभाव राख्दैनन् भन्ने उदाहरण को एक प्रमुख उदहारण भनेकै हाम्रो देशको नाम नेपाल रहनु हो जुन नेवारी भाषा बाट आएको हो । काठमाडौँ माथि विजय गरे पश्चात उनले आफ्नो देशको नाम गोरखा राख्न सक्थे तर त्यसो नगरी काठमाडौँ नै रहन दिई नेपाल राखे जुन पृथ्वीनारायण शाह प्रति नराम्रो भाव राख्ने प्रति एउटा राम्रो उदाहरण हुन् सक्छ ।

 वास्तवमा हामी ऐले यस्तो नराम्रो जातीय र धार्मिक द्वन्दको विचमा छौं कि यो हाम्रो लागि ठुलो घातक हो । कोहि देशले अन्तरिक्ष यात्रा गर्यो त कोहि ले world cup जित्यो तर हामी भने खान छैन बस्न छैन हजारौं नेपालि खाडी मा मरिरहेका छन् । भएका जनशक्ति देश बाहिर छन् र देश रेमिटान्स र अरुको भिख बात चलिरहेको छ तर हामी नेपाली अझ अबुज छौं कि ……………। मलाई त कैले कहिँ के लाग्छ भने देशमा कोहि पनि नेपाली नागरिक छैन, छन् त केवल नेता कार्यकर्ता र गुन्डा गर्दी मात्र । के तपाई को यो देश प्रति केहि जिम्मेवारी छैन । यति सोच्नुस कि देश आमा हुन् । आमा को रक्षा गर्नु एउटा सन्तानको कर्तव्य हो र धर्म पनि ।
अब हामीले उठाउन सक्नु पर्छ कि नेपाल को इतिहास कसले मेट्न खोज्दै छ ? र हाम्रो खबरदारी हुन् पनि त्यतिकै जरुरि छ ।

मेरो देश छटपटाइरहेछ

म हाँसीरहेछु जहाँ कुनै खुसि छैन
म रोइरहेछु जहाँ प्रत्यक्ष दुख छैन
तर पनि म चिच्याइरहेछु किनकि मेरो देश छट पटाइरहेछ।

कसैले बौलाहा भन्छन त कसैले पागल
न त त्यहाँ बौलाठी पन छ न त पागलपन
तर पनि म चिच्याइरहे मेरो देशको लागि
किनकि मेरो देश मेरो जन्मभुमि छटपटाइरहेछ ।

मेरो कोइ प्रत्यक्ष दोष छैन तर पनि आफैलाई दोषी ठानी रहेछु
न कुनै अपराध गरेछु तर पनि अपराधी मानिरहेछु
किनकि मेरो देश मेरो आमा छटपटाइरहेछ ।

के गरिस तैले मेरो देश को लागि मेरो नेपालको लागि
आफैमा कैले काँही प्रस्न गर्छु म र धिकार्छु आफ्नो निरीहतामा
न त मेरो त्यहाँ पहुच नै छ न त सामर्थ्य तर पनि दुख लाग्छ र आँसु झर्छन एकान्तमा
किनकि मेरो देश मेरो आम मेरो जन्मभूमि जननी छटपटाइरहेछ ।

के हामी नेपाली जनता मुर्ख हो ?

चित्र १ : मानबताको लागि आएको विरोध प्रदर्शन (फ्रान्स) 
चित्र २ : पार्टीको स्वार्थको  लागि आन्दोलन (नेपाल) 
हे नेपालीहरु तिमीहरुले सिक्नु पर्ने कुरा हो  यो तस्बिर हेरेपछि । यो तस्बिर विरोधको हो हिंसाको बिरुद्धको हो । चित्र १: यो तस्बिर हो फ्रान्स को जहाँ को व्यग्य पत्रिकामा गरेको आक्रमणको बिरोधमा आएको जनलहर । यहाँ हेर र बुझ किन यिनीहरुलाई हामी विकसित देश भन्छौं किनकि यहाको एउटा प्रमुख विशेषता यहाँको मानिसहरु विकसित हुन्छन । अन्यथा नलिनुहोला हाम्रो जस्तो अविकसित  देशको जस्तो  जसले जे भन्यो तेही गर्ने मुर्ख
जस्तो हुँदैनन् । हामीहरु जाउँ आन्दोलन गर्न भन्यो भने गइहाल्छौं  त्यो पनि कति आफ्नो देश जनता समाज र परिवारको हितमा छ नहेरी । वास्तव मा भन्ने हो भने हामी यति गैर जिम्मेवार छौं कि हामी जसले जे भन्यो त्यहि गर्छौं । २००७, ४६ र ६२ / ६३ मा पनि हामी लहलहै मा लागेका थियौं र त्यसको उपलब्धि के भयो हामीले कहिलै पनि समिक्षा गरेनौं । यो नै हाम्रो सबैभन्दा ठुलो भुल हो । हामी आन्दोलन गर्छौं एउटा तानाशाहको बिरुद्धमा र त्यसको ठाउँमा अर्कोलाई लगेर राखिदिन्छौं । हामी यति निक्रिस्ट छौं कि ऐले हामी जातिको आधारमा लडिरहेको छौं र यसको प्रमुख कारण पनि यहि दलहरु हुन् ।

यो माथि को २ चित्र को आन्दोलन मा तपाइले के फरक देख्नुहुन्छ ? मैले देख्ने फरकहरु:-

  1. चित्र १ को आन्दोलन देश जनता र मानवताको लागि हो भने चित्र २ को एउटा निश्चित झन्डा ओढ्ने दल र कार्यकर्ता र तिनका आसेपासेका सम्रिदीको लागि 
  2. चित्र १ आन्दोलनकारिहरु शुशिल शान्त र मनाब्ताबदी हो भने चित्र २ मा त्यस्तो व्यक्ति र चरित्र पाउन गारो पर्दछ ।
  3. देश र मनाब्तालाई बुझ्ने ब्यक्तिहरु चित्र १ मा देखिएका छन् भने स्वार्थ र हुलदंगा मा विश्वास गर्ने व्यक्ति चित्र २ मा छन् ।
  4. पार्टी संग देशलाई तुलना गर्न मिल्दैन भन्ने व्यक्तिहरु चित्र १ मा छन् र चित्र २ मा पार्टी र पार्टी को आफ्नो मात्र स्वार्थ देश भन्दा ठुलो ठान्ने व्यक्ति चित्र २ मा छन् ।
  5. चित्र १ नेपाल को नभई फ्रान्स को मानिसहरुले हिंसा को बिरुद्द मा गरेको rally हो भने चित्र २ नेपालको एक दलले निश्चित स्वार्थ पूर्ति गर्न गरेको आन्दोलन हो । 



किन संघियता यो देशमा ?

सोच्नुस तपाई यो देश कत्रो छ बुझ्नुस तपाई विश्व मा कति देश छन् र कतिवटा देशहरु संघीय छन् र संघीय देशहरुको क्षत्रफल कत्रो छ । अमेरिकलाई हेर्नुस, रसियालाइ हेर्नुस र हाम्रै छिमेकी भारतलाई हेर्नुस । भारत हामी भन्दा २२ गुणा ठुलो छ र त त्यहाँ मात्र २९ ओटा state छन् भने हामी भन्दा २२ गुणा ठुलो भएको देशमा त २०० भन्दा बढी संघिय state हुनुपर्ने हो नि यदि हामी कहाँ ९/१० ओटा state बनाउने हो भने । किन बुझ्दैनन् यो नेताहरु यति सानो कुरा । जुन देशले संबिधान सभाको भवन बनाउन नसकेर भाडामा chinese भवनलाई लिईराखेको छ त्यो देशमा १०/१२ state बनाएर के पुरानै बाइसे चौविसे राज्य बनाउने ?

नेपालमा १२० भन्दा बढी जात छन् के तिनीहरु सबैलाई १ १ ओटा राज्य दिने ? वास्तवमा नेपाल राज्य नै ठिक छ जुन एक अखण्ड राज्य हो जहाँ सबै नेपाली मिलेर बसेका थिए । म भन्दिन कि कोहि जाति पिछडिएका छैन, छन् यहाँ धेरै त्यस्ता जाति छन् जो पिछडीएका छन्  त्यस्ता वर्ग पनि छन् जो पिस्लिएका छन् र कुल्चिएका छन् र यसो भन्दैमा नेवारलाइ नेवा: प्रदेश, मगरलाइ, मगर प्रदेश, बाहुनलाइ बाहुन प्रदेश, तामांगलाई तामांग प्रदेश, क्षत्रीलाइ क्षत्री प्रदेश भन्दा कति को उचित हुन्छ र सोच्नुस कि देश विकाश राज्य विभाजन ले हैन एकीकरणले हो जुन देश को जनता मा सद्भाव हुन्छ विवेक हुन्छ र सौहार्द हुन्छ त्यहि देश विकसित हुन्छ र त्यही समाज विकशित हुन्छ । ति जातीहरुलाई सम्मान दिनुपर्छ, समानता प्रदान गर्नुपर्छ र सम्भाबन प्रदान  यहि हो सबै नेपालीले चाहेको कुनै सच्चा नेपालीले  देशलाई जातीय बिभाजन गर भनेका छैनन् । म त भन्छु संघीयता देशको लागि अबैज्ञानिक र जातीय संघियता त घातक र विदेशी चलखेल माध्यम मात्र हो र त्यसका निम्न कारणहरु यी हुन् :-

  • सानो राष्ट्र नेपाल जो दुई ढुंगाको तरुल हो । हेर्नुस हाम्रै छिमेकी देशको संघियता र सोच्नुस । भारत को बिहार र उत्तर प्रदेश हेर्नुस एउटा सिंगो नेपाल भन्दा ठुलो छ र अर्को तर्फ तिब्बत हेर्नुस नेपाल भन्दा झन्डै २ गुणा ले ठुलो छ त्यो एउटा चीनको प्रदेश हो र अब पनि भन्ने नेपाललाई संघीयता चाहिन्छ ।
  • के भारतमा बहुजाति बसोबास गर्दैनन् ?   
  •  पृथ्वीनारायण शाहले एकीकरण गर्नु भन्दा पहिले बाइसी र चौविसी राज्य थियो र त्यस समय हिंसा बाहेक केहि थिएन हरेक समुदायमा हिंसा थियो । यदि देशलाई जातीय संघियतामा लगे एउटा जातले अर्कोलाई घृणा गर्न थाल्नेछन र देशमा जातीय दंगा फैलिन थाल्नेछ । ऐले देखिनै एक जातिले अर्को जातिलाई घृणाको दृस्टीले देख्न सुरु गरिसके यो सबै को कारण हो यहि राजनीतिक दल जसले देशलाई जातीय संघियताको खाडलमा धकेल्न खोज्दैछन् ।
  • संघियता जनताको लागि कतिको घातक हुनसक्छ भन्ने कुरा ऐलेको ukraine लाई हेर्नुस र विचार गर्नुहोस । त्यसको सट्टा अखण्ड नेपाल किन नहुने ? मधेशी पहाडी हिमाली हामी सबै नेपाली किन नहुने ?
  • जातीय राज्यले कतिको असर गर्छ भन्ने कुराको उदाहरण हो काठमाडौँ को फोहोर नुवाकोट को सिस्टोलमा फाल्न रोक लगाएको । त्यहाँ को केहि नुवाकोट बासीले हाम्रो ताम्सालिंग मा नेवा: राज्यको फोहोर किन फाल्ने भन्दै रोक लगाएका थिए ।   
  • के भारतमा जातीय संघियता छ ? के पाकिस्तानमा छ ? यो कहाँको प्रणाली हो जुन नेपाल मा लादिन खोजिदै छ  ? पश्चिमाको, भारतको वा चीनको ? ल मानौ कि १० ओटा जातीलाई राज्य दिइयो के अरु चुपलागेर बस्लान ?
  • हामीले आन्दोलन गर्यों विभेदको बिरुद्दमा के जातीय संघियता विभेदयुक्त छैन ?

जनतालाई रोटी धोति र टोपी देऊ ना कि आस्वाशन र स्वार्थी अभिलाषा

तराईमा एउटा रोटी खानसक्ने र कम्तिमा हरेक जनताले एक सरो लाउन सक्ने अवस्था विकाश गर ना कि एक मदेश एक प्रदेश को ढोंग रच र देश र मदेशी जनता र नेपाली सबैलाई गुमराहमा राख ।  हामी अविकसित देशका अबिकसित जनतालाई अहिले केहि पनि चाहिएको छैन मात्र कम्तिमा गाँस, बास र कपास शिक्षा र स्वास्थ र शान्ति मात्र देऊ । न त नेपाली जनताले ६२ / ६३ को आन्दोलनमा नेपाललाई जातीय राज्य बनाऊ भने न त कहिलै भन्ने छन् यी त सब नेपाली गरिव जनता को नाम लिएर लुटी हिडेका पार्टी नेता र कार्यकर्ता को कर्तुत मात्र हो । म त अझ भन्छु ६२ / ६३ को आन्दोलन पनि हाम्रो उचित समय र उचित परिस्थितिको कार्य थिएन त्यो त थियो केवल ७ दलको स्वार्थ रुप जसलाई टेकेर अहिले तिनीहरुले जनता माथि राजनीतिक धक प्रस्तुत गरिराखेका छन् ।

कहिले सम्म आन्दोलन गर्ने ?

  • २००७ सालमा पनि खोज्यौं र आन्दोलन गर्यौ र प्रजातन्त्र लेरायौं 
  • २०३६ मा पनि खोज्यौं र आन्दोलन गर्यौं र जनमत संग्रह गर्यौँ 
  • २०४६ मा पनि आन्दोलन गर्यौं र बहुदल लेरायौं ।
  • २०६२ / ६३ मा पनि आएका थियौ र राजा ले गद्दी समेत त्यागी दिए 
तर यी सब आन्दोलन को उपज के हो ? यसको उपलब्धि भनेको सिमित दल नेताहरु  र कार्यकर्ताहरु  र तिनका नातेदारहरुको समृदि मात्र । हे आन्दोलन मा हेलिने जनताहरु तपाईहरु दु:ख बेहोर्नुहुन्छ र एउटा नेतालाई मसिहा बनाउनुहुन्छ र  उसको छोरा छोरी भव्य महल मा बस्छन तर तपाइको सन्तान ले भने बिहान बेलुका १ ओटा रोटी खान पाउदैनन के यहि हो गणतन्त्र के यहि हो समानता के यहि हो समाबेशी व्यवहार के यिनिहरुनै हुन् सर्बहारा बर्गका नेता ? 

तपाइको नेता भव्य महलमा तपाइलाई एउटा झुपडी को नसिब छैन किन ?

तपाईको नेता भव्य महल मा बस्छ तपाइको नसिब मा झुपडी छैन के यहि हो गणतन्त्रको उपज ? काँग्रेस एमाले माओबादी या मदेशबादी जुन दल भएपनि गरिव जनताको नाम मा राजनीति गरिरहेका छन् तर तिनीहरुलाई समृद् बनाउन हैन सधैं गरिव बनाईराख्न किनकि उनीहरुलाई डर छ यदि गरिव जनता समृद् भए भने कसको नाममा राजनीति गर्ने ?  "मलाई त लाग्छ, तपाई सोच्नुस यदि तपाईको बाहु बाजेले देशलाई सोचेर सम्झेर र बुझेर निर्णय लिएको र सहि देश भक्तलाई नेता बनाएका भए अहिले मेरो नेपाल हाम्रो नेपाल समृद् र बिकसित हुने थियो । यदि अहिले तपाइले देशलाई बुझ्नु भयो र सहि कदम  लिनुभयो भने तपाईका सन्ततिले त कम्तिमा सुन्दर शान्त र बिकसित नेपाल देख्नेछन् ।  त्यसैले म तपाई सबै नेपाली दिदि बहिनि दाजु भाई आमा बुबा, मदेशी, हिमाली र पहाडी जो जहाँ जे भएपनि देशलाई सम्झिनुहोस बुझ्नुहोस् र सहि समयमा सहि निर्णय लिनुहोस् भन्नचाहन्छु जसले गर्दा कम्तिमा तपाइको सन्ततिले तपाइलाई गर्व गर्नसकोस ।"

Ads Inside Post