Saturday, March 28, 2015

मेरो देश छटपटाइरहेछ

म हाँसीरहेछु जहाँ कुनै खुसि छैन
म रोइरहेछु जहाँ प्रत्यक्ष दुख छैन
तर पनि म चिच्याइरहेछु किनकि मेरो देश छट पटाइरहेछ।

कसैले बौलाहा भन्छन त कसैले पागल
न त त्यहाँ बौलाठी पन छ न त पागलपन
तर पनि म चिच्याइरहे मेरो देशको लागि
किनकि मेरो देश मेरो जन्मभुमि छटपटाइरहेछ ।

मेरो कोइ प्रत्यक्ष दोष छैन तर पनि आफैलाई दोषी ठानी रहेछु
न कुनै अपराध गरेछु तर पनि अपराधी मानिरहेछु
किनकि मेरो देश मेरो आमा छटपटाइरहेछ ।

के गरिस तैले मेरो देश को लागि मेरो नेपालको लागि
आफैमा कैले काँही प्रस्न गर्छु म र धिकार्छु आफ्नो निरीहतामा
न त मेरो त्यहाँ पहुच नै छ न त सामर्थ्य तर पनि दुख लाग्छ र आँसु झर्छन एकान्तमा
किनकि मेरो देश मेरो आम मेरो जन्मभूमि जननी छटपटाइरहेछ ।

No comments:

Post a Comment

आपका प्रतिक्रिया इस आर्टिकल के ऊपर

Ads Inside Post