Saturday, March 28, 2015

के हामी नेपाली जनता मुर्ख हो ?

चित्र १ : मानबताको लागि आएको विरोध प्रदर्शन (फ्रान्स) 
चित्र २ : पार्टीको स्वार्थको  लागि आन्दोलन (नेपाल) 
हे नेपालीहरु तिमीहरुले सिक्नु पर्ने कुरा हो  यो तस्बिर हेरेपछि । यो तस्बिर विरोधको हो हिंसाको बिरुद्धको हो । चित्र १: यो तस्बिर हो फ्रान्स को जहाँ को व्यग्य पत्रिकामा गरेको आक्रमणको बिरोधमा आएको जनलहर । यहाँ हेर र बुझ किन यिनीहरुलाई हामी विकसित देश भन्छौं किनकि यहाको एउटा प्रमुख विशेषता यहाँको मानिसहरु विकसित हुन्छन । अन्यथा नलिनुहोला हाम्रो जस्तो अविकसित  देशको जस्तो  जसले जे भन्यो तेही गर्ने मुर्ख
जस्तो हुँदैनन् । हामीहरु जाउँ आन्दोलन गर्न भन्यो भने गइहाल्छौं  त्यो पनि कति आफ्नो देश जनता समाज र परिवारको हितमा छ नहेरी । वास्तव मा भन्ने हो भने हामी यति गैर जिम्मेवार छौं कि हामी जसले जे भन्यो त्यहि गर्छौं । २००७, ४६ र ६२ / ६३ मा पनि हामी लहलहै मा लागेका थियौं र त्यसको उपलब्धि के भयो हामीले कहिलै पनि समिक्षा गरेनौं । यो नै हाम्रो सबैभन्दा ठुलो भुल हो । हामी आन्दोलन गर्छौं एउटा तानाशाहको बिरुद्धमा र त्यसको ठाउँमा अर्कोलाई लगेर राखिदिन्छौं । हामी यति निक्रिस्ट छौं कि ऐले हामी जातिको आधारमा लडिरहेको छौं र यसको प्रमुख कारण पनि यहि दलहरु हुन् ।

यो माथि को २ चित्र को आन्दोलन मा तपाइले के फरक देख्नुहुन्छ ? मैले देख्ने फरकहरु:-

  1. चित्र १ को आन्दोलन देश जनता र मानवताको लागि हो भने चित्र २ को एउटा निश्चित झन्डा ओढ्ने दल र कार्यकर्ता र तिनका आसेपासेका सम्रिदीको लागि 
  2. चित्र १ आन्दोलनकारिहरु शुशिल शान्त र मनाब्ताबदी हो भने चित्र २ मा त्यस्तो व्यक्ति र चरित्र पाउन गारो पर्दछ ।
  3. देश र मनाब्तालाई बुझ्ने ब्यक्तिहरु चित्र १ मा देखिएका छन् भने स्वार्थ र हुलदंगा मा विश्वास गर्ने व्यक्ति चित्र २ मा छन् ।
  4. पार्टी संग देशलाई तुलना गर्न मिल्दैन भन्ने व्यक्तिहरु चित्र १ मा छन् र चित्र २ मा पार्टी र पार्टी को आफ्नो मात्र स्वार्थ देश भन्दा ठुलो ठान्ने व्यक्ति चित्र २ मा छन् ।
  5. चित्र १ नेपाल को नभई फ्रान्स को मानिसहरुले हिंसा को बिरुद्द मा गरेको rally हो भने चित्र २ नेपालको एक दलले निश्चित स्वार्थ पूर्ति गर्न गरेको आन्दोलन हो । 



किन संघियता यो देशमा ?

सोच्नुस तपाई यो देश कत्रो छ बुझ्नुस तपाई विश्व मा कति देश छन् र कतिवटा देशहरु संघीय छन् र संघीय देशहरुको क्षत्रफल कत्रो छ । अमेरिकलाई हेर्नुस, रसियालाइ हेर्नुस र हाम्रै छिमेकी भारतलाई हेर्नुस । भारत हामी भन्दा २२ गुणा ठुलो छ र त त्यहाँ मात्र २९ ओटा state छन् भने हामी भन्दा २२ गुणा ठुलो भएको देशमा त २०० भन्दा बढी संघिय state हुनुपर्ने हो नि यदि हामी कहाँ ९/१० ओटा state बनाउने हो भने । किन बुझ्दैनन् यो नेताहरु यति सानो कुरा । जुन देशले संबिधान सभाको भवन बनाउन नसकेर भाडामा chinese भवनलाई लिईराखेको छ त्यो देशमा १०/१२ state बनाएर के पुरानै बाइसे चौविसे राज्य बनाउने ?

नेपालमा १२० भन्दा बढी जात छन् के तिनीहरु सबैलाई १ १ ओटा राज्य दिने ? वास्तवमा नेपाल राज्य नै ठिक छ जुन एक अखण्ड राज्य हो जहाँ सबै नेपाली मिलेर बसेका थिए । म भन्दिन कि कोहि जाति पिछडिएका छैन, छन् यहाँ धेरै त्यस्ता जाति छन् जो पिछडीएका छन्  त्यस्ता वर्ग पनि छन् जो पिस्लिएका छन् र कुल्चिएका छन् र यसो भन्दैमा नेवारलाइ नेवा: प्रदेश, मगरलाइ, मगर प्रदेश, बाहुनलाइ बाहुन प्रदेश, तामांगलाई तामांग प्रदेश, क्षत्रीलाइ क्षत्री प्रदेश भन्दा कति को उचित हुन्छ र सोच्नुस कि देश विकाश राज्य विभाजन ले हैन एकीकरणले हो जुन देश को जनता मा सद्भाव हुन्छ विवेक हुन्छ र सौहार्द हुन्छ त्यहि देश विकसित हुन्छ र त्यही समाज विकशित हुन्छ । ति जातीहरुलाई सम्मान दिनुपर्छ, समानता प्रदान गर्नुपर्छ र सम्भाबन प्रदान  यहि हो सबै नेपालीले चाहेको कुनै सच्चा नेपालीले  देशलाई जातीय बिभाजन गर भनेका छैनन् । म त भन्छु संघीयता देशको लागि अबैज्ञानिक र जातीय संघियता त घातक र विदेशी चलखेल माध्यम मात्र हो र त्यसका निम्न कारणहरु यी हुन् :-

  • सानो राष्ट्र नेपाल जो दुई ढुंगाको तरुल हो । हेर्नुस हाम्रै छिमेकी देशको संघियता र सोच्नुस । भारत को बिहार र उत्तर प्रदेश हेर्नुस एउटा सिंगो नेपाल भन्दा ठुलो छ र अर्को तर्फ तिब्बत हेर्नुस नेपाल भन्दा झन्डै २ गुणा ले ठुलो छ त्यो एउटा चीनको प्रदेश हो र अब पनि भन्ने नेपाललाई संघीयता चाहिन्छ ।
  • के भारतमा बहुजाति बसोबास गर्दैनन् ?   
  •  पृथ्वीनारायण शाहले एकीकरण गर्नु भन्दा पहिले बाइसी र चौविसी राज्य थियो र त्यस समय हिंसा बाहेक केहि थिएन हरेक समुदायमा हिंसा थियो । यदि देशलाई जातीय संघियतामा लगे एउटा जातले अर्कोलाई घृणा गर्न थाल्नेछन र देशमा जातीय दंगा फैलिन थाल्नेछ । ऐले देखिनै एक जातिले अर्को जातिलाई घृणाको दृस्टीले देख्न सुरु गरिसके यो सबै को कारण हो यहि राजनीतिक दल जसले देशलाई जातीय संघियताको खाडलमा धकेल्न खोज्दैछन् ।
  • संघियता जनताको लागि कतिको घातक हुनसक्छ भन्ने कुरा ऐलेको ukraine लाई हेर्नुस र विचार गर्नुहोस । त्यसको सट्टा अखण्ड नेपाल किन नहुने ? मधेशी पहाडी हिमाली हामी सबै नेपाली किन नहुने ?
  • जातीय राज्यले कतिको असर गर्छ भन्ने कुराको उदाहरण हो काठमाडौँ को फोहोर नुवाकोट को सिस्टोलमा फाल्न रोक लगाएको । त्यहाँ को केहि नुवाकोट बासीले हाम्रो ताम्सालिंग मा नेवा: राज्यको फोहोर किन फाल्ने भन्दै रोक लगाएका थिए ।   
  • के भारतमा जातीय संघियता छ ? के पाकिस्तानमा छ ? यो कहाँको प्रणाली हो जुन नेपाल मा लादिन खोजिदै छ  ? पश्चिमाको, भारतको वा चीनको ? ल मानौ कि १० ओटा जातीलाई राज्य दिइयो के अरु चुपलागेर बस्लान ?
  • हामीले आन्दोलन गर्यों विभेदको बिरुद्दमा के जातीय संघियता विभेदयुक्त छैन ?

जनतालाई रोटी धोति र टोपी देऊ ना कि आस्वाशन र स्वार्थी अभिलाषा

तराईमा एउटा रोटी खानसक्ने र कम्तिमा हरेक जनताले एक सरो लाउन सक्ने अवस्था विकाश गर ना कि एक मदेश एक प्रदेश को ढोंग रच र देश र मदेशी जनता र नेपाली सबैलाई गुमराहमा राख ।  हामी अविकसित देशका अबिकसित जनतालाई अहिले केहि पनि चाहिएको छैन मात्र कम्तिमा गाँस, बास र कपास शिक्षा र स्वास्थ र शान्ति मात्र देऊ । न त नेपाली जनताले ६२ / ६३ को आन्दोलनमा नेपाललाई जातीय राज्य बनाऊ भने न त कहिलै भन्ने छन् यी त सब नेपाली गरिव जनता को नाम लिएर लुटी हिडेका पार्टी नेता र कार्यकर्ता को कर्तुत मात्र हो । म त अझ भन्छु ६२ / ६३ को आन्दोलन पनि हाम्रो उचित समय र उचित परिस्थितिको कार्य थिएन त्यो त थियो केवल ७ दलको स्वार्थ रुप जसलाई टेकेर अहिले तिनीहरुले जनता माथि राजनीतिक धक प्रस्तुत गरिराखेका छन् ।

कहिले सम्म आन्दोलन गर्ने ?

  • २००७ सालमा पनि खोज्यौं र आन्दोलन गर्यौ र प्रजातन्त्र लेरायौं 
  • २०३६ मा पनि खोज्यौं र आन्दोलन गर्यौं र जनमत संग्रह गर्यौँ 
  • २०४६ मा पनि आन्दोलन गर्यौं र बहुदल लेरायौं ।
  • २०६२ / ६३ मा पनि आएका थियौ र राजा ले गद्दी समेत त्यागी दिए 
तर यी सब आन्दोलन को उपज के हो ? यसको उपलब्धि भनेको सिमित दल नेताहरु  र कार्यकर्ताहरु  र तिनका नातेदारहरुको समृदि मात्र । हे आन्दोलन मा हेलिने जनताहरु तपाईहरु दु:ख बेहोर्नुहुन्छ र एउटा नेतालाई मसिहा बनाउनुहुन्छ र  उसको छोरा छोरी भव्य महल मा बस्छन तर तपाइको सन्तान ले भने बिहान बेलुका १ ओटा रोटी खान पाउदैनन के यहि हो गणतन्त्र के यहि हो समानता के यहि हो समाबेशी व्यवहार के यिनिहरुनै हुन् सर्बहारा बर्गका नेता ? 

तपाइको नेता भव्य महलमा तपाइलाई एउटा झुपडी को नसिब छैन किन ?

तपाईको नेता भव्य महल मा बस्छ तपाइको नसिब मा झुपडी छैन के यहि हो गणतन्त्रको उपज ? काँग्रेस एमाले माओबादी या मदेशबादी जुन दल भएपनि गरिव जनताको नाम मा राजनीति गरिरहेका छन् तर तिनीहरुलाई समृद् बनाउन हैन सधैं गरिव बनाईराख्न किनकि उनीहरुलाई डर छ यदि गरिव जनता समृद् भए भने कसको नाममा राजनीति गर्ने ?  "मलाई त लाग्छ, तपाई सोच्नुस यदि तपाईको बाहु बाजेले देशलाई सोचेर सम्झेर र बुझेर निर्णय लिएको र सहि देश भक्तलाई नेता बनाएका भए अहिले मेरो नेपाल हाम्रो नेपाल समृद् र बिकसित हुने थियो । यदि अहिले तपाइले देशलाई बुझ्नु भयो र सहि कदम  लिनुभयो भने तपाईका सन्ततिले त कम्तिमा सुन्दर शान्त र बिकसित नेपाल देख्नेछन् ।  त्यसैले म तपाई सबै नेपाली दिदि बहिनि दाजु भाई आमा बुबा, मदेशी, हिमाली र पहाडी जो जहाँ जे भएपनि देशलाई सम्झिनुहोस बुझ्नुहोस् र सहि समयमा सहि निर्णय लिनुहोस् भन्नचाहन्छु जसले गर्दा कम्तिमा तपाइको सन्ततिले तपाइलाई गर्व गर्नसकोस ।"

No comments:

Post a Comment

आपका प्रतिक्रिया इस आर्टिकल के ऊपर

Ads Inside Post