Sunday, November 30, 2014

२ जना नेपालीहरु अमेरिकामा depression को सिकार 2 Nepalese Suicide in America

हामीहरु अमेरिका अमेरिका अमेरिका अमेरिका भन्छौँ  र त्यहाँ पुग्न पाए सिधै करोडपति हुन्छौं भन्ठान्छौं । तर जब तपाई त्यहाँ पुग्नु हुन्छ अनिमात्र थाहापाउनु हुन्छ सच्चाई । हो म भन्दिन कि अमेरिका खत्तम देश हो यहाँ केहि पनि छैन किनकि यहाँ सबै थोक छ र यो विश्व को सबैभन्दा ठुलो अर्थतन्त्र भएको देश हो । यहाँ नपाउने त केहि छैन तर त्यो कसको लागि हो भने पहिला त उनीहरुकै नागरिकको लागि । के त्यहाँ चाही बेरोजगार छैन र दुख छैन र ? दुख कहाँ हुँदैन र कसले झेल्नु पर्दैन र ? सुख संगै त्यहाँ दुख पनि त्यतिकै छ र यो तपाइको लागि त धेरै मात्रामा छ किनकि तपाई त्यहाँ को नागरिक होइन ।

कुनै पनि ठाउँ मा काम नगरिकन माम त पाइदैन नि यो मैले तपाइले र हामी नेपाली सबैले बुझ्नु अति जरुरि छ । मैले तपाई लै अमेरिका नजानु भन्दिन किनकि म संग तपाइलाई दिने केहि छैन तर यति चाही तपाइले विचार गर्नु जरुरि छ कि अमेरिका ले पनि पहिला त तपाई लै दिनु भन्दा तपाई संग लिननै खोज्छ र अमेरिका मात्र होइन जापान, ऑस्ट्रैलिया, बेलायत र हाम्रो नेपाल नै किन नहोस अरुदेश को नागरिक को लागि त सुरुमा कोहि देशले केहि गर्दैन जे गर्नु छ त तपाइले गर्नु छ ।

हाम्रो देशमा के छैन जुन तपाइलाई सुखी र खुसि बनाउन नसक्ने ? तपाई यहि बसेर पनि त आफ्नो राम्ररी गुजारा चलाउन सक्नु हुन्छ र तपैले देश को लागि पनि केहि  सक्नुहुन्छ ।

र मैले यो प्रसंग कहाँ बाट जोडेको भने २ जना नेपाली हरुले अमेरिकामा depression को सिकार भयको खबर सबर्जनिक भयको छ । एक युवकले आफु  बसेको ३ तला माथिबाट हामफालेर आफुलाई जिन्दगि देखि मुक्त गरेका छन् भने अर्काले कैलिफोर्निया को एउटा पुल माथिबाट हामफाली आफुलाई नस्ट गरेका छन् । वास्तव मा हामी सम्पूर्ण नेपाली हरुलाई यो समाचारले अत्यन्त दुखि तुल्याको छ । हजारौं नेपाली युवा विदेश जान बाध्य छन् र कोहि धेरै पैसा कमाउने सोखले विदेश जान दलाल लै मोटो रकम बुझाउने गर्छन तर बर्सेनि हजारौं नेपाली को मृत्यु   खाडी तथा अन्यत्र देशमा भैरहेको छ ।

कैलेसम्म हामी यसरि बाच्ने ? कैले सम्म अरुको नोकर बन्न खाडी धाउने ? कैले सम्म अमेरिका भनेर मरी मिटने ? ???????????????????????????? सबै नेपालीहरुको प्रश्न

more
source:setopati


No comments:

Post a Comment

आपका प्रतिक्रिया इस आर्टिकल के ऊपर

Ads Inside Post