Saturday, February 21, 2015

देशभक्त

 नेपालीहरुजस्तो स्वतन्त्रताको धज्जी उडाउदै गतिछाडा, अनुशासनहीन र असभ्य यो दुनियामा शायदै कोहि होला, यहाँ नीति नियम अनुशासन केहि छैन, गुण्डा र भ्रष्टलाई राजनीतिक संरक्षण मात्रै छैन, उनीहरु नै देश हाक्ने नेता छन्, नेताहरु जनताका सेवक कम, मालिक ज्यादा भएका छन्, नेतालाई जनताले केहि भन्ने हिम्मत गर्दैनन्, जनतालाई त नेताले एकैछिनमा गायब बनाउन सक्छन, जुनसुकै योजनामा भ्रष्टाचार छ, भ्रष्टाचार रोक्न भन्दा पनि कसलाई कति कति बाड्ने भनेर खुल्लम खुल्ला बादबिबाद चल्छ, लाठि र गोलि नै चल्छ, निरिह जनता मूकदर्शक भएर सबै हेर्छन, चुनाब आउछ अनि मूर्ख भएर तेइ भ्रष्टलाई जिताएर पठाउछन, वरिपरि सबै राष्ट्र सम्पन्न हुदै जान्छन, नेपालीहरु गोरु जोतिएको जस्तै जोतियेकै छन्, दुइ छाक महँगो घाँस किनेर खान्छन, ङ्गिच्च दांत देखाएर हास्छन, हामीहरु राष्ट्रप्रेमी, हामीहरु बीर गोर्खाली, हाम्रो सगरमाथा, बुद्ध हाम्रो, अहिलेसम्म उपनिवेश नभएको स्वतन्त्र देश हाम्रो, बस येत्ति कुरा जुगौदेखि फलाक्छन, कहिलेसम्म हो येही कुरा फलाक्ने? पुर्पुरोमा हात राखेर कसरि अरुले येत्रो प्रगति गर्यो भनेर सोच्छन, शायद भुटानले पनि नेपालीलाई चिनेर नै देश निकाला गरेका होलान

No comments:

Post a Comment

आपका प्रतिक्रिया इस आर्टिकल के ऊपर

Ads Inside Post