Saturday, December 27, 2014

संबिधान सभा अस्ताउँदै छ

संबिधान सभा अस्ताउँदै छ
तर संबिधान दिएर कि नदिईकन त्यो भने थाहा पाउन बाँकी नै छ । 

ओली र प्रचण्डको जुहारी बाँकी नै छ 
संबिधान आउँछ कि हेर्न बाँकी नै छ ।

जनताहरु खाडीमा  जाकिएकै छ 
देशमा रेमिटान्स पठाकै छ ।
लौ हेरौं संबिधान आउन बाँकी नै छ ।

एक बर्ष मा संबिधान दिन्छु भेनेकै हुन् 
देश बिकाश गर्न कसम खाएकै हुन् 
राजा हटाएकै हुन् 
४ बर्ष खेर गएकै हो 
फेरी चुनाब भएकै छ 
अब मात्र नया संबिधान हेर्न बाँकि छ ।

Friday, December 26, 2014

फेरी आउने भो सुन्यता

फेरी आउने भो सुन्यता 
कसरी भनु म के गरी भनु म
 भनु म अनि  किन फेरी आउने भो सुन्यता 
मेरो देशमा आउने भो सुन्यता जहाँ  सुन्य बाहेक सबै हुन सक्थ्यो 
जहाँ थिए  सबै जाती सबै धर्म र सबै बर्ग एकै ठाउमा  त्यहाँ आउने भो सुन्यता
त्यहिँ फैलिरहेको छ असमन्जस्यता । 

मेरो देश जहा कुनै भाषाको विरोध थिएन जहाँ कुनै धर्म को विरोध थिएन ।
जहाँ सबैको सम्मान हुन्थ्यो जहाँ सबैमा सद्भाव हुन्थ्यो 
त्यों देशमा आज के हुँदैछ यो मानिसहरु धर्मको नाममा राजनीती गर्दैछन, जातको नाम माँ राजनीती गर्दैछन ।

विचलन किन यति यस्तो कस्ले ल्यायो यो विचलन किन आयो यो विचलन जसको कुनै अर्थ छैन जस्ले , एउटा घर मार्दछ, समजा मार्दछ र देश मर्दछ जसका कारण मानबता मर्दछ त्यसैले लाग्दछ की फेरी आउने भो सुन्यता ।

१० बरसा जनता मरे ८ बर्ष जनता तरसे के यहि हो गणतंत्र जसको कुनै धर्म छैन जसको कुनै अस्तित्व छैन । मानिस किन यस्तो निकृस्ट  हुँदैछ किन यति बेइमान हुँदैछ जस्ले आफु मात्र देख्छ र अरुको अनुभव गर्दैन, जो म हूँ भन्छ, म छु  भन्छ, मेरो हो भन्छ, तर कहिलै भन्दैन की यो सबैको हो यो हाम्रो हो त्यसैले पनी लाग्दछ की फेरी आउदैछ सुन्यता 

म आज छु तपाई यो भन्न सक्नु हुन्छ किनकी यो बर्तमान हो तर तपाई भन्नसक्नु हुदैन कि म भोली हुनेछु किनकी भोली त कहिलै आउदैन यो त सास्वत छ कि सधै हामीले आजलै मात्र समात्न सक्छौ | त्यसकारण पानी तपाई आज गर्नुस जून देशका लागिहोस समाजका लागि होस । तपाई नसोच्नुस की तपाईले यो सानो कुरा गर्दै हुनुहुन्छ । त्यही सानो कुरा ठुलो हुनसक्छ । कस्लाई थाहा थियो की त्यही सानो कुराहरुले नै आइंस्टाइन विज्ञानको तारा हुन्छन् भन्ने कस्लाई के थाहा मंडेला विश्व राजनीतिको चम्किला इतिहास बन्छन् भन्ने कुरा हो त्यसकारण तपाई नतिजाको पछाडि हैन जीवनको सार्थकताको पछाडि लाग्नुस जून देशको लागि होस समाजको लागि होस र मनबताको लागि होस । 

सोच्नुस् तपाईले आफुलाई कसरी चिनाउनु हुन्छ कि  त्यो जीवन रूपी इस्वरको अगाडीकी तपाई छुटै सजीव हो भनेर  इस्वर सबै चीजमा हुन्छन् चाहे त्यो सजीव या त निर्जीव तपाईलाई प्रस्न आयो त के होस र तपाई भन्नुहुन्छ म मानब हु । ल व्याख्या गर त कसरी मानब होस जनवार ले  त भन्न सक्छन ती  त जानवर हुन किनकी उनीहरुमा नेता विवेक छ न त चेतनानै यदि तपाई पनी विवेक नभए तपाईले कसरी भन्न सक्नु हुन्छ की म मानब हु र म पशु होइन तेसैले कम्तिमा एक पटक मानव हुन खोज्नुस त्यस पश्चात तपाई सधै मानव हुन सिक्नुहुनेछ । 

Thursday, December 18, 2014

पुजा बोहराको न्यायका लागि पुतलीसडकमा विध्यार्थीको आन्दोलन

पुजा बोहराको न्यायका लागि पुतलीसडकमा विध्यार्थीको आन्दोलन गरिरहेका छन । अनेरास्वव्यु विद्यार्थीको नेतृत्वमा रहेको विद्यार्थी संगठनले यो आन्दोलन गरिरहेका छन । तर यहि आन्दोलन गरिरहदा एउटा प्रस्न उठ्छ कि ने वि संघ विद्यार्थी किन आन्दोलनमा आएन । प्रतिपक्ष्याम रहदा सधै आन्दोलनको भासन गर्ने ने बि संघ बिद्यार्थी अहिले एउटी चेलीको उद्दारको लागि किन उठ्न सकेन ?

यहाँ अर्को सत्ता पक्ष्यको भात्री संगठन अनेरास्वव्यु भने उठेको छ । यसलाई हामीले स्वागत गर्न सक्नुपर्छ । 

Wednesday, December 17, 2014

एउटा किशोरीको दर्दनाक चित्कार सुनेन अदालतले

एउटा किशोरीको दर्दनाक चित्कार सुनेन अदालतले र उनले पठाइन चिठ्ठी कानुन मन्त्रिलाई । कानुन मन्त्रीले त पढे पढ़ेनना तर एउटा नेपाली ले पढ्नै पर्ने र उन को निम्ति आवाज उठाउनै पर्ने कुरा । पढौँ यो दर्दनाक कहानी उनकै अक्ष्यराम्स ।
काठमाडौ, पुस १ - माननीय कानुनमन्त्री,
नरहरि आचार्यज्यू,
नमस्कार ।
म एउटा गरिब परिवारकी १७ वर्षीया छोरी हुँ । मैले तपाईंको नाममा पत्र लेख्न हुन्थ्यो वा हुन्नथ्यो थाहा छैन । तर पनि मनैदेखि आफ्नो अभिभावक ठानी यो पत्र कोर्ने दुस्साहस गरेकी छु । कृपया केही गल्ती भए सुरुमै क्षमा चाहन्छु ।
मेरो नाम पूजा बोहरा हो । घर सुदूरपश्चिम बैतडी जिल्लाको दुर्गम कैलापाल गाविसमा पर्छ । मेरो बुबाको यथेष्ट जग्गाजमिन छैन । त्यसैले उहाँले धनीको घरमा हली बसेर सात सन्तानको लालनपालन गर्नुभएको हो । मेरो बुबा गरिब र अशिक्षित भए पनि सायद शिक्षाको महत्त्व बुझेकैले होला, मलाई गाउँकै कैलाश प्राविमा भर्ना गरिदिनुभयो । मेरो भाग्य नै भन्नुपर्‍यो, जुन दिन विद्यालय टेक्ने अवसर पाएँ, कुनै परीक्षामा दोस्रो हुनु परेन ।
'छोरी होस् त फलानोजस्ती' भन्ने सुन्दा मेरा गरिब आमाबुबा गर्वका साथ सन्तुष्टिको सास फेर्नु हुन्थ्यो । अरूभन्दा तेज पढाइ भएका कारण मलाई विद्यालयले छात्रवृत्तिको सुविधा दिएको थियो । घरैनजिकको त्यो विद्यालयमा ५ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । त्यसपछि पढ्न अर्को विद्यालय जानुपर्ने भयो, जुन मेरो घरबाट डेढ घन्टाको उकालो-ओरालो जंगलैजंगलको बाटोमा थियो । एक त म सानी ९ वर्षकी थिएँ, अर्कोतर्फ जंगलको बाटो एक्लै जानुपर्ने भएकाले
मेरो आमाबुबाले 'अब विद्यालय जानु पर्दैन, बरु विवाह गरिदिन्छौं' भन्नुभयो । मेरो गाउँमा महिनावारी नभएकी छोरीलाई बेहुली बनाएर अन्मायो भने ठूलो धर्म लाग्छ भन्ने विश्वास छ । आमाबुबाको कुरा थाहा पाएर मेरा स्कुलका गुरुहरू घरमै आई सम्झाईबुझाई गरिदिनुभयो र मैले अर्को विद्यालय गएर पढ्ने अवसर पाएँ ।
अर्को विद्यालय गएपछि मैले झन् मिहिनेत गरेर पढ्न थालें । जसरी हुन्छ, राम्रो अंक ल्याएर एसएलसी पास गर्ने र भविष्यमा इन्जिनियर बनेर आफू जन्मेको दुर्गम पहाडी गाउँको विकास गर्ने मनमनै अठोट गरेकी थिएँ । त्यही क्रममा २०६८ चैत ७ देखि एसएलसी परीक्षा सुरु हुने खबर आयो । सिद्धेश्वर उच्च माविका विद्यार्थीका लागि बैतडी, पाटनबजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा केन्द्र तोकियो । एसएलसीका लागि परीक्षा केन्द्र तोकिएको विद्यालय मेरो घरबाट ५ घन्टाको पैदल यात्रामा मात्र पुगिने र परीक्षा बिहानै ८ बजेदेखि हुने भएकाले मलाई फेरि अर्को समस्या आइपर्‍यो । धन्य, बुबाले बजारमै एकजना आफन्तको घरमा बस्ने व्यवस्था मिलाइदिनुभयो ।
दुई दिनको परीक्षापछि गणित विषयको तयारीका लागि एक दिन छुट्टी थियो । बिदा भएका कारण म बसेको घरका आफन्तको अनुमति लिएर पाटनबजारस्थित पुस्तक पसलमा गणितको गेसपेपर किनेर ल्याउँछु भनी गएँ । त्यो बजारमा एउटैमात्र पुस्तक पसल थियो । एसएलसी चलिरहेका कारण विद्यार्थीहरूको भीड थियो । म आफ्नो पालो कुरिरहेकी थिएँ । पुस्तक पसले 'हिजोको जाँच कस्तो भयो, राम्रो गर्‍यौ ?' भन्दै मसँग बोल्दै थियो । त्यहाँ बस्दाबस्दै गर्मी भयो । चैतको महिना त्यसै पनि गर्मी बढेको थियो । मैले 'पानी दिनुस् न दाइ, कस्तो प्यास लाग्यो' भनें । ऊ 'एकैछिन है' भनी पुस्तक पसलको सटरबाट भित्र अर्को कोठातिर गयो । अनि रित्तै आई 'पानी सकिएको रहेछ, मैले लिन पठाएको छु' भन्यो । मैले 'ठिकै
छ घरमै गएर पिउँछु, मलाई किताब
दिनुस्, गइहाल्छु' भनें ।
त्यत्तिकैमा अर्को मान्छे हातमा सोडापानीको गिलास बोकेर आयो । उनीहरूले एउटा मलाई दिए, दुईवटा गिलास आफूहरूले पिए । त्यो पिएको ४-५ मिनेटजतिमै मलाई कस्तो चक्कर
लागेजस्तो, त्यो पसल पूरै उल्टो फर्केजस्तो, वाकवाक लागेजस्तो भयो । मैले त्यही पुस्तक पसलेलाई 'दाइ मलाई वाकवाक लागेजस्तो भयो, ट्वाइलेट कता छ' भनी सोधें । ऊ 'ट्वाइलेट अलि पर छ, म देखाइदिन्छु' भनी अघिअघि लाग्यो ।
म ट्वाइलेटभित्र पस्नेबित्तिकै ऊ पनि सँगसँगै पस्यो । मैले किन आएको भन्दा 'हल्ला नगर्, म जे-जे भन्छु, त्यही मान्' भन्दै भित्तातिर धकेल्यो । एकैछिनमा अघि सोडा ल्याएर दिने केटो पनि आइपुग्यो । उसले 'कोही आए भने मलाई बोला है'
भनी अर्को कुनै मान्छेलाई ट्वाइलेटबाहिर अह्राएको सुनेकी थिएँ । अब ट्वाइलेटभित्र दुईजना केटाहरू र म भयौं । मेरो खुट्टा थर्थरी काम्न थालेको थियो । अत्तालिएर स्वर पनि राम्रोसँग निस्किरहेको थिएन । तर पनि गुहार भन्दै चिच्याउन खोजें ।
म चिच्याएको देखेर एक जनाले मलाई समात्ने र मुख थुन्ने, अर्कोले कपडा खोल्ने गरे ।
म भने आफूलाई बचाउन ठूलो कसरत गर्दै थिएँ । २-३ मिनेटको घम्साघम्सीपछि, त्यो ट्वाइलेटमा ब्लेड रहेछ, त्यसले मेरो खुट्टाको औंला र पैतालामा काटिदिए । 'अब यो ब्लेडले तेरो घाँटी चिर्छौं' भन्दै थिए । म रुन, कराउन, बोल्न नसक्ने भइसकेकी थिएँ । उनीहरूले काटेको ठाउँबाट रगत बगिरहेको थियो । यत्तिकैमा उनीहरूले आफ्नो लुगा खोलेर मेरो मुखमा कोचिदिए र पालैपालो अस्मिता लुटे । मेरो सामूहिक बलात्कार गरे । मेरो अस्मिता लुट्नेहरू एउटा बैतडी जिल्ला, भूमेश्वर-३ को सागर भट्ट -वर्ष २३) थियो भने अर्को बैतडी, गुजर-२ को अमर अवस्थी -वर्ष ३०) थियो । सागर भन्ने जगन्नाथ पुस्तक पसलको सञ्चालक थियो भने अमर चाँदनी फोटो स्टुडियोको सञ्चालक थियो । उनीहरूले मलाई कति घन्टासम्म लुछे, त्यो याद छैन । होस आउँदा म ललितपुर जिल्लाको पाटन मानसिक अस्पतालको आकस्मिक कक्षमा लडिरहेकी थिएँ ।
हिजोसम्म सबैकी हाइहाइ भएर पुजिएकी म सबैकी पि्रय पूजा, अनि भविष्यमा इन्जिनियर बनी आफ्नो
दुर्गम जिल्लामा योगदान पुर्‍याउने अभिलाषा बोकेर बडो हर्षका साथ एसएलसी परीक्षामा सामेल भइरहेकी म पूजा सबैको तिरस्कारकी पात्र भएकी थिएँ । पत्रपत्रिका, टीभी, एफएममा मेरो समाचार आएको थियो । मेरो परिचय फेरिएको थियो । १४ वषर्ीया बालिका एसएलसी दिन जाँदा सामूहिक बलात्कारमा परी मानसिक सन्तुलन गुमाई अस्पतालमा भनेर सबैतिर प्रचार भएको थियो ।
पछि बुबा, आमा र काकाबाट मैले यी सबै कुरा थाहा पाएँ । पशुहरूले मलाई लुछ्नुजति लुछेर मरी भन्ने ठानी एकान्त नालीमा फालिदिएका रहेछन् । पुस्तक किन्न भनेर हिँडेकी म बेलुकासम्म नफर्केपछि आफन्तहरूले खोज्न जाँदा मलाई रगताम्य भई घ्यारघ्यार गरी नालीमा लडिरहेको अवस्थामा भेटेका थिए रे । बेहोस अवस्थामा फेला परेकी म होसमा त आएछु, तर पुरै मानसिक सन्तुलन बिग्रेको हालतमा ।
उता बैतडीमा मेरो स्कुलमा सबै साथीहरू, गुरुहरू एकजुट भई जुलुस निकालेपछि मात्र ती दुई जना अपराधीलाई प्रहरीले समातेर अनुसन्धान थाल्यो । अनि ममाथि परेको घटनाप्रति पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थुप्रै जनाले सहानुभूति प्रकट गर्नुभयो । मिडियाले लगातार मेरो अवस्था उजागर गरिदियो । त्यसैले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले मन्त्रीस्तरीय निर्णय गरी तत्काल मलाई एक लाख रुपैयाँ औषधोपचार खर्च पनि प्रदान गर्‍यो । प्रधानमन्त्री बाबुराम भट्टराईकै आदेशमा ती अपराधी पुर्पक्षका लागि थुनामा राखिएछन् ।
घटना भएको छ महिनापछि मात्रै मेरो मानसिक अवस्थामा सुधार आई पहिलेका कुराहरू सम्झन सक्ने भएँ । उता अपराधीहरूले 'पागलले त जे पनि भन्छ, जसलाई पनि आरोप लगाउँछ, हामी निर्दोष छौं' भन्दै छन् रे भन्ने सुनें । तसर्थ २०६९ पुस ९ गतेका दिन मलाई सहयोग गर्ने रक्षा नेपाल भन्ने संस्थाका कर्मचारी र अभिभावकको सहयोगमा म जिल्ला अदालत, बैतडीमा जिल्ला न्यायाधीश हिमालयराज पाठकका अगाडि बयानका लागि उभिएँ । त्यतिबेला मेरो सामुन्ने उभिएका ती अपराधीको हर्कत म यहाँ बयानै गर्न सक्दिनँ । मेरो बयान, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गरेको कपडा परीक्षण, अस्पतालले सामूहिक बलात्कार भएको भनी दिएको स्वास्थ्य परीक्षणको रिपोर्टलगायत अन्य अनुसन्धान र प्रमाणका आधारमा जिल्ला न्यायाधीशको इजलासले ती अपराधीहरूलाई १३ वर्ष कैद र जनही ५०-५० हजार रुपैयाँको जरिवाना तोक्यो ।
बयानपछि फेरि फर्किएर रक्षा नेपालकै सेल्टरमा आएँ । संस्थाकै सहयोगमा आत्मविश्वासी, निडर बन्ने तालिम लिन थालें । २०६८ सालको एसएलसी त ती अपराधीका कारण छुटिहाल्यो । इन्जिनियर बनी देशको सेवा गर्ने सपना टुटिहाल्यो । ०६९ सालभरि मानसिक र शारीरिक अवस्था मजबुत पार्ने, अदालत धाउनेमै गयो । ०७० सालमा चाहिँ पुनः १० कक्षा दोहोर्‍याएर पढें र त्यही सालको एसएलसीमा ७० प्रतिशत अंक ल्याई पहिलो श्रेणीमा पास हुन सफल भएँ ।
ती अपराधीले निमोठिदिएको मेरो जीवनमा थोरै आशा पलाउन थाल्यो । यो सफलतासँगै पुनः आफ्नो लक्ष्यमा पुग्ने सपना देख्न थालें । अलिकति खुसी हुन नपाउँदै २०७१ असार ३ गते कान्तिपुर दैनिकको प्रथम पृष्ठमा 'बैतडीमा छात्रा बलात्कार प्रकरण, सामूहिक बलात्कारमा दोषी ठहरिएकालाई उन्मुक्ति' भन्ने समाचार छापिएको देखें । त्यही समाचारबाट थाहा भयो- एक वर्षअघि बैतडी जिल्ला अदालतले १३ वर्ष कैद भनी गरेको फैसलालाई पुनरावेदन अदालत, महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको
संयुक्त इजलासले उल्टाइदिएको रहेछ र दुवैजना अभियुक्तलाई निर्दोष भनी सफाइ दिएको रहेछ ।
यो फैसला सुनेपछि अहिलेसम्म मेरो हालत के भइरहेको छ भन्ने कुरा म यहाँ व्यक्त गर्न सक्तिनँ र कसैले अन्दाज पनि लगाउन सक्तैन । अहिले ती दुवै जना अपराधी ठूलै युद्ध जिते जसरी गाउँमा छाती फुलाएर हिँडिरहेका छन्, म भने युद्धमा हारेको सिपाहीझैं लत्रिएर बस्नुपरेको छ ।
माननीय कानुनमन्त्रीज्यू, म अहिले अभिभावकविहीन भएकी छु । अपराधीहरू निर्दोष भनी छुटेकाले सबैले मलाई नै दोषी ठान्छन्, त्यसैले म आफ्नो गाउँ फर्किन सक्तिनँ । तसर्थ मैले सिंगो नेपाललाई आफ्नो घर मानेकी छु भने नेपाल सरकारलाई अभिभावक ठानेकी छु । त्यही अभिभावकहरूमध्ये सम्बन्धित क्षेत्रका मन्त्री हुनुभएकाले तपाईंलाई यो पत्र कोरेकी हुँ । तपाईंका दुई छोरीहरू हुनुहुन्छ भन्ने थाहा पाएकी छु । कृपया मलाई पनि आफ्नै छोरीझैं ठानी न्याय दिलाइदिनु हुन अनुरोध गर्दछु ।
मन्त्रीज्यू, अहिले बलात्कारसम्बन्धी नयाँ कानुन बन्दै छ भन्ने सुनें । १ सय ६१ वर्ष पुरानो अहिलेको मुलुकी ऐनमा परिमार्जन हैन, परिवर्तनको जरुरी छ । संशोधनमात्र हैन, संवेदनायुक्त हुनु जरुरी छ । जन्मकैद भने पनि त्यो आखिर २४ वर्षको मात्र सजाय हो रे भन्ने जानकारी पाएकी छु । अनि जति नै वर्षको कानुन बनाए पनि बलात्कृत छोरीले मैलेजस्तै सास्ती, पीडा त पाउने हुन् । बलात्कारको पीडा सबैलाई उस्तै हुन्छ । तसर्थ अब बन्ने ऐनमा बलात्कारीलाई फाँसीको सजायको व्यवस्था गरी बलात्कृत छोरीहरूको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ भन्ने म जोडदार माग गर्छु ।
अन्त्यमा माननीय मन्त्रीज्यू, मेरो किटानी जाहेरीले पक्राउ परी दोषी सावित भई १३ वर्षका लागि जेल चलान भएका ती बलात्कारीहरू छुट्नु भनेको के उनीहरू निर्दोष अनि मचाहिँ दोषी हुँ त ? यदि म दोषी हुँ भने मलाई तुरुन्तै कारबाही गरियोस्, हैन भने ती बलात्कारीहरूलाई पुनः पक्राउ गरी सजाय सुनाइयोस् ।
पूजा बोहरा

source:ekantipur 

Former King Gyanendra Can Be King of Nepal Again | पूर्व राजा ज्ञानेन्द्र फेरी पनि राजा बन्ने योग

How Former King Can be King Of Nepal Again

This question can be raised in the mind of any people but the watching the work of the members of our constitution and leaders. It may happen in our country that the former King Gyanendra again come to lead the nation and become the King of Nepal. Let see how he can be the King of Nepal.
मेरो भबिष्य बाणी
पूर्व राजा ज्ञानेन्द्र फेरी पनि राजा बन्ने योग। (ज्योतिष एलेक्स सुबेदी)
उहांको जन्म २००४ ०३ २३ गते सोमबारको दिन भएको हो। २००७ साल देखी २००८ साल सम्म उहांलाई बुध र भद्रिकाको राम्रो योग परेको हुँदा यो योगले उहांलाई राजा बनायो र २००८ साल पछी उहांलाई उल्काको दृष्‍टि परेको हुँदा २००८ साल पछी राज्गद्धी छुटायो।
तेसै गरी २०५८ सालमा शुक्र लाई पराजित ब्रिहस्पतिको दृष्‍टि परेर उहांलाई फेरी राजा बनायो र २०६३ सलामा फेरी पनि उल्काको नराम्रो दृष्‍टि परेको हुँदा उहांले राज्गद्धी छोड्न पर्‍यो।
उहांको कुन्डलिमा चन्द्रमा शत्रु र कम्जोर अवस्थामा रहेको हुँदा अहिलेको योग उहांलाई चन्द्रमा कै दृष्‍टि पर्‍यो र जस्को कारण उहांलाई हृदय घातको समस्या आयो। र यो २००७१ सालको अषोज महिना सम्म उहांलाई हानी कारकै रहेको छ। अब उहांलाई २०७४ साल सम्म शरीरिक तथा मानसिक रुपमा अल्ली कमजोरै बनाउछ।
तरपनी राजा ज्ञानेन्द्र लाई २०७३ साल बाट ग्रहको दृष्‍टिले फेरी राजा बनाउने योग परेको हुँदा उहांलाई फेरी १ पल्ट राजा बन्ने योग आयो।
तेसै गरी पुर्ब राजा ज्ञानेन्द्रका नाती ह्रिदएन्द्रको योग जसरी पनि पूर्ण रुपमा नेपालमा राजतन्त्र फर्काउने योग रहेको छ र नेपालको ईतिहासमा अहिले सम्मकै राम्रो र जनताको प्यारो राजा बन्ने योग ह्रिदएन्द्रको रहेको हुँदा भबिस्यमा ज्ञानेन्द्र पछी उनी जसरी पनि कुनै पनि हालतमा राजा बन्नेछन, यो मेरो भबिस्य बाणी हो। 
ज्योतिष-तान्त्रिक एलेक्स सुबेदी
भरतपुर-१०, चितवन
source:dcnepal

Monday, December 15, 2014

अन्तश्चक्षु

We the Nepalese
हामी नेपाली 
इहलोकलाई  नियाल्दा तिमी केहि पाउन्दैनौं करुन्क्रन्दन बाहेक
लाग्दछ दोष जति थुप्रदैछ समयलाइ साहेद।।

देखिन्छ सर्बत्र अथक अत्याहट
छैनन् कोहि अध्यता यहि छ अजायब ।।
विचार हुँदैछ बिकराल तर मन भएको छ विक्षुब्ध
My Nepal Map
लाग्दछ आउंदैछ समय अशुभ ।।

अपकर्मले वास लिएको देखिन्छ हरेकको मनमा
तर नछाओस द्रिस्टता फेरी यो लोकमा
भुल्दैछौ तिमीहरु उहाँको आवाहन रोमलिएर आफ्नो व्यक्तिगत स्वार्थमा
लाग्दछ गर्दैछौ विस्वासघात जन्मभूमिमा ।।

Sunday, December 14, 2014

कैले आउंछ मेलम्ची काठमाडौँ चीनले त ह्वान्हो नै बेइजिङ्ग पुर्याइसक्यो

artificial china river bridgeartificial china river

अर्थतन्त्र मा विश्वलाई चकित पार्दै दिनप्रतिदिन नया खोज गरिरहेको चीनले अर्को अस्चर्य्जनक काम गर्दै प्रकृतिलाई चुनौती दिदै फेरी अर्को चमत्कार गरेको छ त्यो हो उसले भर्खर निर्माण संम्पन गरि परिचालन गरेको १४०० किलोमिटर लामो कृतिम नदि । यो कृतिम नदि चीनले मात्र ११ बर्ष मा बनेको हो तर नेपाल को राजधानी मा आउने भनेको मेलम्चीको पनि १७ बर्ष मा पनि संम्पन हुन् सकेको छैन । त्यो त २०० किलोमीटर पनि छैन ।

ह्वान्हो नदीको ६ खण्ड को एक खण्ड पनि अब यो कृतिम नदीबाट बेइजिङ्ग पुग्ने भएको छ । यो परियोजना पुरा गर्न झन्डै ३३ अर्ब अमेरिकी डलर खर्च भएको थियो । यो मानब निर्मित नदि विश्व कै एक नया मानब निर्मित चमत्कार मान्न सकिन्छ ।

लौ चीनले त yellow river नै बेइजिङ्ग लग्यो अब हाम्रा  नेताहरुले भएको नदीलाई पनि के गर्ने हुन् कुन्नि ।  

Children Playing With Dog in Baglung

Save the animals
Child Playing With Dogs
The two children are playing with dogs instead of going school. This is picture taken from the Baglung Nepal and we have put this image from the onlinekhabar. 

Saturday, December 13, 2014

पोर्तुगलको चमत्कारी इनार

Mysterious Well Pic 3
Mysterious Well Pic 3
पोर्चुगलमा एउटा चमकारी इनार छ जसको पिधमा झलमल्ल बत्ति बल्दछ तर यो कसैले बलेको होइन । यो कुरा अझसम्म रहस्यको कुरा भैरहेको छ भन्नेमा सुन्नेमा आएको छ ।

त्यहाको मान्छेहरु यो पनि विस्वास गर्दोरहेछां कि यहाँ सिकका फाली आफ्नो इच्छा प्रकट गरेमा संम्पुर्ण मनोकामना पुरा हुन्छ । त्यसकारण त्यहाँ जानेहरुले सिक्क इनारमा फाली आफ्नो इच्छा प्रकट गर्दछन । 

र यहि बाट के थाहा हुन्छ भने त्यहाँ को चमत्कार चमत्कार भन्दा पनि बैज्ञानिक कारण छ त्यो  प्रकाश आउनु को कारण के हो भने त्यो फालिएको सिक्का हो | किनकि त्यहाँ जानेहरु सबैले सिकका पानीमा फाल्छन र  कुनै प्रकाश पानीमा पर्छ भने पानीमा परेको संपूर्ण प्रकाश रिफ्लेक्ट गर्नु को सट्टा केहि प्रकाश सतह सम्म पुग्छ | त्यसकारण कुनै धातु त्यहा छ भने त्यहा त्यो प्रकाशलाई त्यसले रिफ्लेक्ट गर्छ | यो इनारमा पनी प्रकाश देखिनुको कारण त्यहि भएको हो , त्यहाँ सिक्कहरुले गर्दा इनार को सतह मा सिक्काको एउटा तह छ जसले सतह सम्म पुगेको प्रकाशलाई reflect गरि माथि पठाउछ ।

तपाईहरुलाई के लाग्छ साथीहरु कृपया कमेन्ट गर्नुहोला र तपाई संग पनि केहि reason छ भने कमेन्टमा लेख्नुहोला ।

Mysterious Well Pic 1
Mysterious Well Pic 1 
Mysterious Well Pic 2
Mysterious Well Pic 2

Jaljala And Himalayan Ranges

Jaljala Photo 1
Mountain From Jaljala
himalayan range nepal
Himalayan Range


Jaljala Sunrise
Sunrise Jaljala
Culture in Jaljala


Sunday, December 7, 2014

जनता मर्छन नेता हास्छन

हाम्रा नेताहरु देश मा गणतन्त्र आको छ, ठुलो परिवर्तन भैसक्यो भन्छन तर नेपाल को कति जिल्ला मा पानी  छ कि छैन बत्ति छैन ? जनताले एक छाक खान पाको छ कि छैन ? तराईमा बर्सेनि बाढीले हजारौं घर परिवारलाइ  घरबार बिहिन बनाउछ र सीत लहरको समय उनीहरु बिना कपडाको बस्नु पर्छ । यस्तो कुरा नेताहरुलाई के मतलब छ र ?

अब कांग्रेस र एमाले जो अहिले सरकारमा छ , देशलाई भ्रस्टाचार ले ग्रस्त बनाइस्क्यो तर संबिधान दिन सक्छन जस्तो छाँट काँट छैन ।

मदेशवादी भन्ने दलका नेताहरु  काठमाडौँको आलिसान भवन मा बस्छन र मदेशको नाममा राजनीति गरिराको छ  । माओवादी जो आफुलाई सर्वहाराको मसिहा सम्झिञ्छ , तिनीहरुको नेता को छोरा छोरी को विवाह र उनीहरुकै luxury behavior ले अहिले उनीहरु आफैलाई गिज्जिरहेको छ । 



Thursday, December 4, 2014

दक्षिण एशियाकै भ्रस्टाचार ग्रस्त देश हुन् लाग्यो नेपाल | Nepal Suffers from Corruption

ट्रांस्पेरेंसी इनटरनेसनल ले मङ्सिर १७ गते सार्वजनिक गरेको विश्वका अति भ्रस्टाचार को लिस्ट मा नेपाल अटेको मात्र होइन अति भ्रस्टाचार भएको मुलुक मा पर्न सफल भएको छ  (व्यंग्यात्मक ) ।

यहाँ भ्रस्टाचार नियन्त्रण हुनुको साटो उल्टो बढिरहेको देखाइएको छ । नेपाल ले २९ अंक पाएको छ । यो पहिलाको भन्दा २ अंकले कम हो ।

५० भन्दा कम अंक पाउने राष्ट्र अति भ्रस्टाचार ग्रस्त मुलुकमा पर्छ । दक्षिण एशिया मा ६५ अंक सहित भुटान सबैभन्दा कम भ्रस्टाचार मुलुक बनेको छ तर नेपाल भने २९ अंक सहित दोस्रो ठुलो भ्रस्टाचार ग्रस्त देश बनेको छ । 

Ads Inside Post