Monday, April 13, 2015

गरिवलाई गरिखान दिऔं

भोका नांगालाई भोजन हैन गरि खान दिऔं
एक दिन खान दिएर सस्तो लोक प्रचार गर्नु भन्दा सधैं खाने बाताबरण मिलाईदिन सकौं ।

Thursday, April 9, 2015

तपाइलाई थाहा छ नेपालले आफुले गुमाएको भूभाग फिर्ता पाउन सक्थ्यो

Nepal - Before Sugauli Treaty
तपाइलाई थाहा छ ? पूर्वमा टिस्टा र पश्चिमा कांगडा  सहित दक्षिणको पटना सम्मको आजको इंडियाको भाग नेपालको थियो ? र आज नेपाली जसरि भूपरिवेस्टित भएर बसेको छ र आभावले जेलिएको छ त्यस्तो हुने थिएन यदि त्यो भूभाग आजसम्म नेपालको भएको भए । जब व्रिटिशहरुले इंडियालाइ आफ्नो उपनिवेश बनाएका थिए त्यस बेला उनीहरु आफ्नो साम्राज्य बढाईरहेका थिए र उनीहरुले नेपाल माथि पनि आक्रमण गरे तर हाम्रा नेपाली विरहरुले कयौं पटक उनीहरुलाई परास्त त गरे तर बारबारको हमला र उनीहरु को अत्याधुनिक हतियारको अगाडी अन्त्य त नेपाली राज्य पक्षले सम्झौता गर्न बाध्य भयो जुन हाम्रो देश र राष्ट्रियता तथा सार्बभौम सम्पन्नता माथिको ठुलो आघात थियो जसलाई आजपनि सुगौली सन्धि नामले चिनिन्छ जसमा नेपालका तर्फबाट 2 December 1815 राजु गुरु र गजेन्द्र मिश्रले र इष्ट इंडिया कम्पनी बाट कोलोनेल पेरिस ब्राडशाले हस्ताक्षर गरेका थिए ।

यसै दिन देखि नेपालले आफ्नो एक तिहाई भूभाग गुमेको थियो । आजको दार्जीलिंग,  सिलिगुडी, कुमाउ, गडवाल, सिक्किम, गोरखपुर पुरै नेपालको भूभाग थियो ।

यदि ति भूभाग आजको नेपाल भएको भए हामीले बंगलादेशलाई पनि छुने थियौं र हाम्रो विकासको बाटो बन्ने थियो । ति भूभाग गुम्नु पनि आजको नेपालको परिस्थितिको एक कारण हो ।

एक समय यस्तो पनि आएको थियो कि त्यो नेपालको सबै भूभाग फिर्ता आउन सक्थ्यो । जब इंडिया स्वतन्त्र हुने अवस्थामा पुगेको थियो । ब्रिटिशले नेपालको तत्कालिन राणा सरकारलाई तिमीहरुको भूभाग माग हामी फिर्ता गर्छौं भनेका थिए तर नेपालको राणा सरकारले आफ्नो राज्य सत्ता हातबाट जाने डरले त्यो माग्न आँट गरेन किनकि त्यस बेला इंडियामा स्वतन्त्र आएको थियो र यदि ति भूभाग माग्यो भने नेपालमा पनि आन्दोलन सल्किने डरले र आफुले सत्ता छोड्न पर्ने डरले उनीहरुले त्यो भूभागलाई माग्न तत्पर भएनन् र देशमाथि ठुलो कुठाराघात गरे ।    

Friday, April 3, 2015

मेरो नेपाललाई एउटा कुशल साशक को अवश्यकता छ जसले नेपाल र नेपालीलाई बुझ्छ

मेरो देश नेपालले संघियताको भारी बोक्न सक्दैन भन्ने कुरा घाम जस्तै प्रस्ट भैसक्यो त्यसैले हे ६०१ बौलाह हो मेरो देशलाई नडुबाओ । यति सानो देश यो जो चीन भन्दा ६५ र भारत भन्दा २२ गुणा सानो छ जहाँ हरेक नेपालीको अनुहारलाई हरेक नेपालीले एक पटक मात्र देखेपनि चिन्न सक्छ  ।

आज र भोलि मात्र नहेर पर्सि पनि हेर पर्सिलाई मात्र पनि हैन निपर्सि संगै कानेपर्सि र आउदो हरेक दिनलाई हेर र बुझ के हाम्रो देशलाई साच्चै नै संघियता चाहियको छ त ? नहेर आफ्नो छोरा छोरीलाई मात्र नहेर ति सडक बालबालिकालाई पनि हेर, ति तराईका बाढि पिडितलाई पनि हेर, ति हुम्लाका जाडो पिडितलाई पनि हेर, ति भोकानागा लाई पनि हेर ति हरेकमा आफुलाई देख, आफ्ना सन्तानलाई देख र आफ्नो बाबुआमालाई खोज अनिमात्र तिमीले देशलाई बुझ्नेछौ  |

म त भन्छु यो यति सानो देश हो कि हिमालबाट कराए पहाडमा ठोक्किदै तराई सम्म सुनिन्छ र तराई बाट बोलाए हिमालले सहजै सुन्छ । यहाँ कुनै दल हरुको नाम मा ब्वाँसोको झुण्ड हैन जसले हरेक पल पेट फोरेर हरिण हरुलाई सिध्याउँछ यहाँ त एउटा यस्तो कुसल साशक भए हुन्छ जसले तराईको दुख सम्झोस, पहाडको व्यथा बुझोस् र हिमाल को कस्ट चिनोस र नेपालको लागि काम गरोस ।  त्यसकारण मेरो देशलाई माया गर र एक पटक फेरी सोच सम्झ र बुझ साच्चिकै मेरो देश नेपाललाई संघियता कत्तिको आवश्यक छ या छैन

मेरो देशमा एउटा कुशल शासक भए पुग्छ जो ली क्वान यू जस्तो होस् जसले हिजोको मात्र टापू सिंगापुरलाई आजको एक विश्वको नमुना सिंगापुर बनाए  जो नेपोलियन जस्तो होस् देश र जनतालाई सधैं प्राण भन्दा प्यारो ठानोस जसमा चे गुएभारा को जस्तो साहस होस् , जो बहादुर शाह जस्तो , जो भक्ति थापा, बलभद्र कुँवर, भीमसेन थापा, अम्मरसिंह थापा जस्तो वीर पुत्र होस् वीर होस् जसले देशको अखण्डतालाई सधै बचाईराख्न ज्यानको कुर्वान गरोस र मेरो देश नेपाल र नेपाली लाई सधैं माया गरोस ।

त्यसैले मेरो देशमा दलहरु हैन नेताहरु हैन राजाहरु पनि हैन एउटा कुशल साशक चाहिएको छ जसले नेपाल र नेपाली देखोस र नेपाली मनहरुलाई  देखेर राष्ट्रिय एकतालाई बलियो बनाओस 

Ads Inside Post